Sat. Jun 6th, 2020

नेशनल माइक्रोफाइनान्सद्धारा ४८ लाख बराबरको खाद्यन्न वितरण

१६ बैशाख, धादिङ –


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन देश लकडाउनमा छ । लकडाउनको समयमा दैनिक ज्यालामजदुरी गर्नेहरु समस्यामा परेका छन् । समस्यामा परेका मजदुर तथा विपन्न परिवाररुहलाई राहत वितरण कार्य पनि भइरहेको छ ।


लकडाउनले समस्यामा परेका आफ्ना सदस्यहरुलाई नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले खाद्यन्न लगायतका सामग्री वितरण गरेको छ । प्रति परिवार १५ किलो चामल, एक किलो दाल, एक प्याकेट नुन र एक प्याकेट खानेतेल वितरण गरिएको संस्थाले जानकारी दिए ।

माइक्रोफाइनान्सको ६५ वटा शाखा कार्यालयहरुमा आवद्ध लगभग ९० हजार सदस्यहरुमध्ये हालको विपद अवस्थामा दैनिक दुई छाक टार्न समस्यामा परेका अतिविपन्न पाँच हजार एक सय तीन घर परिवारहरुलाई स्थानिय निकायहरुको समन्वयमा ४८ लाख बराबरको खाद्यान्न वितरण गरिएको माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा केन्द्रिय कार्यलय रहेको माइक्रोफाइनान्सले सरकारले स्थापना गरेको कोरोना राहत कोषका लागि १० लाख रुपैया प्रदान गरिसकेको छ । संस्थाले कर्जा, बचत, बिमा, रेमिट्यान्स साथसाथै सामाजिक उत्तरदायित्व बहन गरि कारोनाबाट प्रभावितहरुलाई सहयोग गरेको हो ।

२०७७ बैशाख १६ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: