Fri. Mar 29th, 2024

धादिङमा अनलाइनबाटै वार्षिक परीक्षाको नतिजा प्रकाशन

सरिता श्रेष्ठ /१७ बैशाख, धादिङ –


कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न पाएका छैनन् । थपिदै गएको लकडाउन अवधि, विद्यार्थीहरुको तनाब कम गर्न र अर्को शैक्षिकसत्र सुरु हुने समय भइसक्दा धादिङका नीजि विद्यालयहरुले अनलाइन मार्फत वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित जिल्ला सदरमुकाममा रहेको किबो बोर्डिङ र एड्भान्स एकेडेमीले मंगलबार नतिजा प्रकाशित गरेको छ । त्यस्तै जिल्लामा नै पहिलो पटक नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको चिल्डे«नपार्क आवसीय उच्च माध्यमिक विद्यालयले बैशाख १२ गते नै परीक्षा प्रकाशन गरिसकेको प्रधानाध्यपक षष्टीकुमार श्रेष्ठले बताए ।

लकडाउनमा रहेका विद्यार्थी तथा अभिभावकले परीक्षाफलबारेमा बारम्बार प्रश्न राख्ने गरेको बताउँदै अहिलेको समयको मागलाई ध्यानमा राखी अनलाइनमार्फत् नतिजा प्रकाशन गरेको प्रधानाध्यपक षष्टीकुमार श्रेष्ठले बताए । ‘यो विपद्को समयमा घरमा नै बस्नु उत्तम उपाय हो’, उनले भने, ‘अभिभावक र विद्यार्थीहरुको व्यापक चासोलाई मध्यनजर गर्दै अनलाइन मार्फत नतिजा प्रकाशन गरेका हौँ ।’

गतवर्षहरुमा यहि समयमा नयाँ शैक्षिक सत्रको पढाई भइसकेको थियो । तर यो वर्ष कोरोनाका कारण अघिल्लो शैक्षिकसत्रको परीक्षाफल समेत प्रकाशन गर्न पाएका छैनन् । कतिपय विद्यालय र विद्यालयहरुका छाता संगठनहरुले कोरोना भाइरसले विश्वव्यापी पारेको प्रभावलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि नतिजा प्रकाशन र भर्ना स्थगित गर्ने निर्णय गरेका छन् । यस्तो प्रतिकूल समयमा पनि विद्यालयहरुले भने अनलाइनमार्फत् विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेपछि अभिभावक तथा विद्यार्थीहरु खुसी भएका छन् ।

परीक्षा दिएर पनि नतिजा थाहा पाउन नसके पछि विद्यार्थी र अभिभावकमा बढेको अन्यौल हटाउन यस्तो उपाय निकालेको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बताए ।

परीक्षाको नतिजा अनलाइन मार्फत हेर्न सकिने भएपनि इन्टरनेट नचल्ने ठाउँका विद्यार्थीहरुले विद्यालय प्रशासन तथा शिक्षकहरुलाई फोन मार्फत पनि नतिजाको बारेमा जानकारी लिन सकिने विद्यालयले जनाएको छ । विद्यालयहरुले लकडाउनका समयमा विद्यार्थीहरुलाई मध्यनजर गर्दै विभिन्न प्रतियोगीताको समेत आयोजना गरेको छ भने अनलाइन मार्फत कक्षा समेत संचालन गरेको छ ।

२०७७ बैशाख १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: