Sun. Nov 1st, 2020

लालसलाम श्रद्धेय कालमाक्स !!

सीताराम कोइराला


विश्वका शोषित, पीडित, गरीव र सर्वहारा वर्गका महान नेता, दार्शनिक अर्थशास्त्री तथा समाजवादी वैज्ञानिक कार्लमाक्र्सको जन्म सन् १८१८ मे ५ मा जर्मनीको रिने प्रान्त पेल्थन टायर नम्बरमा भएको थियो । २४ वर्षको उमेर पुग्दा नपुग्दै माक्र्सले कानुन, न्यायशास्त्र, इतिहास दर्शन आदि विषयको अध्ययनको श्रृङ्गला पार गर्दै जेना विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएको थियो । माक्र्सले विश्वविद्यालयको अध्ययनको सिलसिलादेखि नै मानव सभ्यताको विकासक्रम संगै विकसित हुँदै आएको दर्शन, राजनीति, अर्थशास्त्र र त्यसले जन्माएको वर्ग विभेदको बारेमा कलम चलाउँदै आउनु भएको थियो । तर त्यस बेला जर्मनमा रहेको प्रतिक्रियावादी सरकारले उहाँको विचार र स्वयं उहाँलाई सहन सकेन । उहाँ जर्मन सरकारको नजरमा दोषी करार हुनुभयो । सरकारले उहाँलाई दुःख दिन शुरु ग¥यो ।
बेलायतमा औद्योगिक क्रान्ति मार्फत विकास भएको अर्थतन्त्र,फ्रान्समा भएको राज्य क्रान्तिले ल्याएको राजनीतिक लहर र जर्मनमा विकास भएको दर्शनशास्त्रलाई माक्र्सले राम्रोसंग अध्ययन विश्लेषण गर्नुभयो । त्यस अध्ययनले सामान्तवादको कोषबाट निस्केको पूँजीवादलाई जरोमा नै प्रहार नगरी समाजवादको स्थापना गर्न सकिदैन भन्ने दृढ विश्वासका साथ निश्कर्षमा पु¥यायो । संसारका सवै मानव जाति समान छन्, जमिन उत्पादन तथा श्रोत साधनमा सवैको हिस्सा बराबर हुनुपर्छ । बहुसंख्यक श्रमजीवी वर्गलाई पाखा लगाएर मुठ्ठीभर शोषक सामन्त पूँजिपति वर्गको स्वार्थको महल संसार होइन– माक्र्सको मान्यता थियो । काल माक्र्स र उहाँका सहयात्री फ्रेडरिक एंगेल्सले सन् १८४८ फेब्रुअरीमा साम्यवादी घोषणापत्र (कम्युनिष्ट घोषणपत्र) प्रकाशित गर्नुभयो ।यस घोषणापत्रमा इतिहासको…क्रियाद्धारा..पूँजिवादको अन्त्य स्वभाविक हो । श्रमिकहरुले आफ्नो संघर्षद्धारा समाजवादको स्थापना गर्ने छन् । जुन साम्यवादमा पुग्ने बाटो हुनेछ भनी उल्लेख गर्नुभएको छ । त्यसैले कम्युनिष्ट घोषणापत्रको अत्यमा लेख्नुभएको छ “शासकवर्गलाई साम्यवादी क्रान्तिद्धारा कम्पायमान होउ, श्रमिकको केही जादैन, उनीहरुको त जंजिर टुट्नेछ । उसलाई विश्व जित्नु छ । संसारका सम्पूर्ण मजदुर एक हौं ।”


कार्ल माक्र्स एक महान दार्शनीक, अर्थशास्त्री तथा साम्यवादी वैज्ञानिक हुनुहुन्छ । दर्शन भनेको जीवन र जगतलाई हेर्ने, बुझ्ने, अध्ययन गर्ने व्याख्या गर्ने, दृष्टकिय बनाउने र आफ्नो जीवनमा लागु गर्ने हो । माक्र्स र ऐगंल्स भन्दा पहिलेका दार्शनिकहरुले जीवन र जगतको अध्ययन मनन गर्नु भएको पाइन्छ । तर माक्र्स र एंगेल्सको दार्शनिक ज्ञान भनेको एक दुई विद्धानहरुले फुर्सदको समयमा गरेको गफको परिमाण मात्र होइन, यो सामाजिक चिन्तनको उच्चतम रुप हो भन्नुभएको छ । उहाँहरुले अध्ययनको साथसाथै संसारलाई पटक पटक व्याख्या मात्र गर्ने होइन परिवर्तन पनि गर्न सकिन्छ भन्ने महान विचार दिनुभयो । त्यसैले माक्र्सवाद एउटा वैज्ञानीक दर्शनको रुपमा विकास भयो र रुसी अक्टोबर क्रान्तिपछि प्रमाणित पनि भयो । कार्ल माक्र्सले संसारको इतिहासलाई आर्थिक रुपले अध्ययन विश्लेषण गरी हरेक घटना र परिघटना तथा ऐतिहासिक विकासमा उत्पादन र श्रमको सम्बन्ध बुझ्नलाई नयाँ विचार दिनुभएको छ । उत्पादनमा श्रमको भूमिका तथा नाफा भनेको श्रमिकहरुको शोषण गरिएको अतिरिक्त मुूल्य हो भनी व्याख्या गर्नुभएको छ । पूजिवादमा शुरु भएको राजनीतिक अर्थशास्त्रलाई १९ औं शताब्दीमा माक्र्सले माक्र्सवादी अर्थशास्त्रको रुपमा विकास गर्नुभएको थियो । माक्र्सको आर्थिक सिद्धान्तमा अतिरिक्त मूल्यको सिद्धान्त अर्थशास्त्रको नियम हो । पूँजि कार्ल माक्र्सको जीवनको महत्वपूर्ण चिन्तन हो ।
काल माक्र्स एक द्वन्द्वात्मक भौतिकवादी बैज्ञानिक हुनुहुन्छ । हेगेलको द्वन्द्ववाद र फायडको भौतिकवाद टाउकोले टेकेर उभिएको थियो । किनकी हेगेल द्वन्द्ववादी थिए । भौतिकवादी थिएनन् । फायर भौतिकवादी थिए,द्वन्द्ववादी थिएनन् । तर माक्र्सले हेगेलको द्वन्द्ववाद र फायडको भौतिकवादलाई मिलाई द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक दर्शन स्थापित गर्नुभयो ।टाउकोले टेकेर उभिएकोलाई खुट्टाले टेकाएर उभ्याइदिनुभयो । मानवचोला, राज्य, समाज भनेको इश्वरीय देन हो, अलौकिक कुरा हो, यो कुनै त्यस्तो शक्ति हो, जसको सहायताले मानवजाति श्रृजित छ भनी दुनियाँमा सामन्त र पूँजिवादीहरुले सत्ता टिकाउन कुनै अदृश्य शक्तिको आडमा गरिएको तथ्यहीन, आधारहीन, झूठको खेतीलाई प्रतिवाद गर्दै “राज्य भनेको समाजमाथी वाहिरबाट थुपारिएको कुनै शक्ति होइन, राज्य समाजकै आन्तरिक विकासको उपज हो,मानव समाजमा भौकिवादी उत्पादनमा भएको परिवर्तनको फलस्वरुप राज्यको अभ्भूदय भएको हो ” भन्ने कुरालाई उहाँको भौतिकवादी दर्शनले स्पष्ट पारेको छ । यसरी दर्शन, राजनीति र अर्थशास्त्रको क्षेत्रमा कार्ल माक्र्सले नविन बैज्ञानिक विचार छोडेर जानुभएको छ । जुन वहाँको विचार, दर्शनको माध्यमले दुनियाँमा युगान्तकारी परिवर्तन ल्याएको छ । जसको पुष्टी पेरिस कम्युन, रुसी अक्टोबर क्रान्ति, चिनिया नौलो जनवादी क्रान्ति लगाएत एशिया, युरोप र ल्याटिन अमेरिकी राज्यहरुमा भएको महान परिवर्तनहरुले गरी सकेको छ ।


यस्ता महान मानव कार्ल माक्र्सको ६५ औं जीवनकाल अत्यन्तै गरिबी र कष्टप्रद बित्यो । २ छोरा, ४ छोरी र श्रीमती सहित ८ जनाको परिवारमा आफु भन्दा अगाडी नै २ छोरा ,२ छोरी र श्रीमतीलाई गुमाउनु भयो । भनिन्छ , खान नपाएको, कुपोषण र विरामीहुँदा औषधी उपचारको अभावमा नै छोराछोरीको अल्पआयुमा नै निधन भएको थियो । सन् १८८१ डिसेम्बर २ मा श्रीमती र तुरुन्तै जेठी छोरीको मृत्युपछि माक्र्सको जीवन अझ अत्यन्तै कष्टप्रद बन्यो । उहाँका जीवनका सयौं दुःखका घटना मध्य एउटा अत्यन्तै मार्मिक घटना छ, माक्र्सले पूँजी छाप्न प्रेसमा दिनुभएको रहेछ त्यसैवेला उनकी जीवन संगिनी जेनी माक्र्स विरामी पनुएभएको रहेछ । माक्र्सले श्रीमतीलाई सोध्नुभएछ “एंगेल्सले दिएको नयाँ गं्रे कोट बेचेर त्यसको पैसा प्रेसमा तिरेर पूँजि निकाल्ने विचार गरेको थिएँ, तर तिमी विरामी प¥र्यो । त्यो बेचेको पैसाले पूँजी निकालौं कि तिम्रो उपचार गरौं ?” जेनीले उत्तर दिनुभएछ “म मरे भने त्यसको घाटा तपाईलाई मात्र हुन्छ, तर पूँजी निस्केन भने त्यसको घाटा संसारलाई हुन्छ , त्यसकारण त्यो पैसाले पूँजी निकाल्नोस् , मेरो अवस्था जे होला ।” कति मार्मिक ! कति महान छाती !! त्यसको केही समयपछि उहाँको मृत्यु भयो । संसारका मुक्तिकामी जनताका महाननेता माक्र्सको सन् १८८३ मार्च १४ मा बोङकाइटिस रोगका कारण मृत्यु भयो । मृत्युपछि उहाँका सहयात्री एंगेल्सले भन्नुभयो ,“ हाम्रो दलको सर्वश्रेष्ठ मस्तिष्कले सोच्न बन्द गर्यो, मुटु चल्न छोड्यो,” । सन् १८८३ जुन २८ मा कम्युनिष्ट घोषणपत्रको संस्करणमा सही गर्ने बेलामा एंगेल्सले फेरी भावुक हुँदै भन्नुभयो “ आज म यो संस्करणमा एक्लै दस्तखत गर्दैछु यसका प्रणेता लण्डन हाइगेटमा विश्राम लिइराख्नु भएको छ । उहाँको समाधिमाथि झार पनि उम्रिसकेको छ ।”


(लेखक माक्सबाद अध्ययन प्रतिष्ठान धादिङका अध्यक्ष हुनुहुन्छ)


२०७७ बैशाख २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: