Sat. Jun 6th, 2020

कोराना संकमणको त्रास देखाउँदै नेकपा स्थायी समिति बैठक स्थगित


३१ बैशाख, काठमाडौं–


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबारका लागि बोलाइएको बैठकमा देशभरबाट स्थायी कमिटी सदस्य आउने तर उनीहरुको पिसिआर परीक्षण नहुँदा कोरोना संक्रमणको खतरा रहने भन्दै स्थगित गरिएको हो।

मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

बैठक बुधबार ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन । एक सचिवालय सदस्यका अनुसार अब जेठ १५ अघि बैठक बस्ने सम्भावना छैन ।

२०७७ बैशाख ३१ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: