धादिङ – विनाशकारी भूकम्पले धादिङ जिल्लामा २ सय ३४ बालबालिकाको मृत्यु भएको छ ।
बैशाख १२ गते गएको भुकम्पमा परेर १८ वर्ष मुनिका १ सय ३८ जना वालक र १ सय १६ जना वालिकाको मृत्यु भएको जिल्ला वाल कल्याण समिति धादिङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । भूकम्पमा परी १ सय २६ जना सख्त घाईते भएका छन ।
भूकम्पका कारण जिल्लामा १२ जना वालवालिकाले दुवै अभिभावक गुमाएका छन् भने ६८ जनाले एक जना अभिभावक गुमाएका छन् ।