Fri. Mar 29th, 2024

धादिङको गजुरीमा स्वाब संकलन गर्ने बुथ निर्माण


२ जेठ, धादिङ–


धादिङको गजुरीमा कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन स्वाब संकलन ‘टेस्ट बुथ’ निर्माण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमितको स्वाब पीक्षण गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि गजुरी गाउँपालिका अन्र्तगतको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको हो ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा हालसम्म कोभिड–१९ को संक्रमण नदेखिएपनि पूर्व तयारी स्वरुप स्वाब संकलन बुथ जडान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताए । ‘किटाणु रहित भेन्टिलेसन लगायतको विशेषता रहेको बुथमा कोरोना भाइरसका शंकास्पद व्यक्तिको स्वाब संकलन गर्दा स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सक्नेछन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश कार्यकारिणी समितिले बुथ निर्माण गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । ८० हजारको लागतमा निर्माण गरिएको बुथ निर्माण पछि स्वास्थ्यकर्मी, स्थानीयहरु पनि खुसी भएका छन् ।

एशोसिएशनले एक कार्यक्रम गरी स्वाब संकलन बुथ गजुरी गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् । नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेश सदस्य ईन्जिनियर दिनेशभाइ अधिकारीले गाउँपालिका अध्यक्षलाई स्वाब संकलन बुथ हस्तान्तरण गरेका हुन् । स्वाब संकलन कार्यलाई सहज र सुरक्षित बनाउन नेपालका इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरी स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गदै आएको पनि अधिकारीले बताए ।

स्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र बिरामी बाहिर रहनेछन् भने चिकित्सकलाई संक्रमणको कुनै प्रकारको जोखिम नहुने पनि अधिकारीले बताए । नेपाल ईन्जिनियर्स एशोसिएशन बागमती प्रदेशले १३ ओटै जिल्लामा गरी १८ वटा स्वाब संकलन बुथ जडान गरी हस्तान्तरण गरिसकेको छ ।

२०७७ जेठ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: