Fri. Mar 29th, 2024

धादिङमा ६ जनाको आरडीटि पोजेटिभ


५ जेठ, धादिङ–


धादिङमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडिटी परिक्षण गरिएको थियो ।

जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

जिल्लाको गजुरीमा गरिएको परिक्षणमा तीन जना सुरक्षाकर्मीमा आरडिटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टाइनका काम गर्ने, एम्बुलेन्स चालक एक÷ एक जना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको आरडिटी परिक्षण गरिएको रेग्मीले जानकारी दिए ।

आरडिटी पोजेटिभ देखिएपछि परिक्षणका लागि टेकु लैजाने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

२०७७ जेठ ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: