Sat. Jun 6th, 2020

धादिङ अस्पतालका ७ जनामा आरडिटी पोजेटिभ


७ जेठ, धादिङ–


जिल्ला अस्पताल धादिङमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ७ जनाको पोजेटिभ देखिएको छ ।

बुधबार अस्पतालको ओपिटी कक्ष बन्द गरेर स्वास्थ्यकर्मी र कर्मचारी गरी ७९ जनाको कोरोना भाइरसको आरडिटी परिक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइने अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिए ।

नमुना संकलन गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसन वार्डमा राखिएको छ । पीसीआर परिक्षणको नतिजा नआएसम्म अस्पतालको ओपिटि सेवा बन्द रहने जनाएको छ ।

२०७७ जेठ ७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: