Fri. Mar 29th, 2024

धादिङकाे गुम्दी स्वास्थ्य चौकीमा ४७ दिन बसेका थिए कोरोना संक्रमित बालक

गुम्दी स्वास्थ्य चौकी/फाइल फोटो

संक्रमित बालक बसेको पाइएपछि गुम्दी स्वास्थ्य चौकी र र आसपासका क्षेत्र शील


८ जेठ, धादिङ /मनिष दुवाडी-

धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाण्डौ गएका लमजुङ जिल्लाका साढे २ वर्षका बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र शिल गरिएको छ ।

साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि काठमाण्डौमा रहेका ती बालक आफ्नी आमासंगै मामाघरको हजुरवुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए ।

गत बैशाख २९ गते आमासहित काठमाण्डौ फर्किएका उनीहरुलाइ घरवेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन ।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरवुवा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर शील गरिएको छ । स्वास्थ्य चौकी रहेको पुर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलावीचको क्षेत्रलाइ पुर्ण रुपमा शील गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा हाल २९ जनाको स्वाव संकलन गरेको छौँ, पिसिआर परीक्षणको लागि विहीवारनै काठमाण्डौ पठाउने छौँ ।’
गुम्दी स्थित ती स्वास्थ्यकर्मीले डेरा लिएर बसेको क्षेत्रवरपर १५÷२० वटा स्थानीयका घरहरु रहेका छन् ।

गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले भने, ‘डेरावरपरका परिवारको पनि लगत संकलन गर्दै छौं, सबैभन्दा नजिकका नातेदारको पीसीआर गरेपछि त्यसको नतिजा बमोजिम थप कारबाही अगाडि बढाउँनेछौँ ।’

यसैवीच त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नं ३ स्थित मुलपानी स्वास्थ्य चौकी अन्तरगत रहेका १ जना महिला स्वास्थ्य स्वयं सेविका र १ जना स्वास्थ्यकर्मीको पनि आरडीटी पोजेटिभ देखिएको छ ।

सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र मुलपानी स्वास्थ्य चौकी गरि दुइ ठाउँमा विहीवार ३ि जना स्थानीय सहित ८ जनाको आरडीटी गरिएको थियो । आरडीटीमा पोजेटिभ देखिएकाहरुलाइ क्वारेन्टाइनमा राखी उनीहरुको स्वाव संकलन गरेर पिसिआर परीक्षणको लागि काठमाण्डौ पठाइएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।

धादिङ अस्पतालका ८ जना स्वास्थ्यकर्मीमा आरडीटी पोजेटिभ
जिल्ला अस्पताल धादिङका कर्मचारीहरुमा कोरोना भाइरसको आरडिटी गर्दा ७ जनामा पोजेटिभ देखिएको छ । बुधवार जिल्ला अस्पताल धादिङबाट आकस्मिक बाहेकका सेवाहरु बन्द गरेर ७९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आरडीटी गरिएको थियो ।

पोजिटिभ देखिएका सबै कर्मचारीको स्वास्थ्य अबस्था सामान्य रहेको र पिसिआर परिक्षणको रिपोर्ट नआएसम्म उनीहरुलाई आईसोलेसनमा राखिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिए ।

७ जनाको आरडीटी पोजेटिभ देखिएपछि जिल्ला अस्पताल धादिङले एक विज्ञप्ती जारी गर्दै पिसिआर रिपोर्ट नआएसम्मको लागि अस्पतालबाट प्रदान गरिने ओपीडी सेवा पुर्ण रुपले बन्द गरिएको जानकारी दिएको छ ।

जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर दीपा बोहोराद्धारा जारी गरिएको विज्ञप्ती मार्फत सम्पुर्ण स्वास्थ्यकर्मी र सेवाग्राहीहरुलाई कसरी सुरक्षीत बनाउने भन्ने सन्दर्भमा अस्पताल प्रशासनले ब्यबस्थापनका सम्पुर्ण तयारी गरिरहेको जनाइएको छ ।

यस परिस्थितिबाट भयभीत नहुन र संयमित भै साबधानी अपनाएर कोरोना भाइरसको बिरुद्ध जुट्न सम्पुर्ण जनसमुदायमा अस्पताल प्रशासनले विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ ।

२०७७ जेठ ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: