Thu. Mar 28th, 2024

धादिङको जुगेखोला क्षेत्रका १० जनाको पीसीआर नेगेटिभ


९ जेठ, धादिङ–


कोरोना संक्रमित धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुगेखोला क्षेत्रका ४१ वर्षीय पुरुषको परिवार र सम्वर्कमा रहेकाहरुको रिपोट नेगेटिभ आएको छ । जुगेखोला क्षेत्रमा १० जनाको पीसिआर परिक्षण गरिएकोमा नेगेटिभ रिपोट आएको गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिइन् ।

काठमाण्डौको बागबजारमा ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्रको पुर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय वीचको क्षेत्रलाइ शील गरिएको छ ।

धादिङका तीन जना कोरोना संक्रमित छन् । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का पुरुष निको भएर घर फर्किएका छन् भने गल्छी गाउँपालिकाकी महिला र थाक्रे गाउँपालिका ७ का पुरुष उपचाररत छन् ।

यो पनि पढ्नुहोला

थाक्रे- ७ का एक व्यक्तिलाई कोरोनाको संक्रमण देखिएपछि गाउँ शील

२०७७ जेठ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: