Sat. Jun 6th, 2020

कोरोना संक्रमितको संख्या ५०७ पुग्यो


९ जेठ, काठमाडौँ–


थप २० जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्याका ५ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३ जना पुरुषहरु, डढेलधुराका एक जना, बैतडीका १ पुरुष, बाँकेका १४ जना, मोरङका एक जनामा संक्रमण पुष्टि भएको हो।

७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ।

२०७७ जेठ ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: