Sat. Jun 6th, 2020

थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

१० जेठ, काठमाडौँ–


शनिबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परिक्षणमा कपिलबस्तु, सर्लाही, बारा, काठमाडौँ, रुपन्देही र चितवनमा संक्रमित भेटिएको हो ।

कपिलबस्तुमा १७, १९, २२, ३९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिला, सर्लाहीमा १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष, बारामा ३७ वर्षीय महिला, काठमडौँका ३५ वर्षीय पुरुष, रुपन्देहीका २०, ०२, २४, २४, २७, ३०, ३०, ५५ वर्षीय पुरुष र चितवनका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

२०७७ जजेठ १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: