Sun. Jul 5th, 2020

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो


१५ जेठ, धादिङ–


कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–२२ बुङमतीका एक पुरुषको मृत्युपछि कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार ५६ वर्षीय पुरुषको बुधबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको हो। अस्पतालका निर्देशक डा। सुरज बज्राचार्यले उनको निधन भएको बुधबार नै पुष्टि गरेका थिए।

मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको थियो। यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।


२०७७ जेठ १५ गते प्रकाशित

Loading...