Tue. Apr 16th, 2024

धादिङ खयर फडानी काण्ड : संलग्न विरुद्ध मुद्धा दायर, उपभोक्ता समितिका पदाधिकारी धरौटीमा रिहा

सामुदायिक बनभित्र फडानी गरिएको अवस्थामा फेला परेको खयरको काठहरु/फाइल फोटो

१५ जेठ, धादिङ / मनिष दुवाडी-

प्रतिवन्धित बहुमुल्य काठ खयर फडानीमा संलग्न रहेको आरोपमा मुद्धा चलाइएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाइ धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेश संगै ३ जनाले धरौटी बुझाएर रिहा भएका छन् भने एक जनाले धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३ को दुईवटा सामुदायिक बन क्षेत्रभित्र भएको खयर फडानीमा संलग्न भएको आरोपमा ६ जना बिरुद्ध कैद सजायँ र जरिवानाको माग दावी गर्दै डिभिजन बन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा मुद्धा दायर गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध ढंगबाट भएको खयर कटानका दोषीहरु माथि विगो वापतको दोव्वर जरिवाना र कैद सजायँको माग गर्दै जेठ २ गते वन कार्यालयले जिल्ला अदालत धादिङमा मुद्धा दर्ता गराएकोे थियो । बनकार्यलयले २ वटा बनका उपभोक्ता समितिका ४ जना र काठतस्कर २ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।

सामुदायिक बनभित्र फडानी गरिएको अवस्थामा फेला परेको खयरको काठहरु/फाइल फोटो

बन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायँको माग दावी लिई गत जेठ २ गते डिभिजन बन कार्यालयको तर्फबाट जिल्ला अदालतमा मुद्धा दायर गरिएको डिभिजन बन अधिकृत जिवनाथ पौडेलले जानकारी दिए ।

मुद्धा दायर गरिएकाहरु मध्ये जलेश्वरी सामुदायिक बनको अध्यक्ष श्याम बहादुर बानियालाइ अदालतले ८ लाख रुपैया धरौटी मागेको थियो । उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । त्यस्तै सोही बनका सचिव गणेश बहादुर अधिकारी १० लाख रुपैया धरौटी बुझाएर रिहा भएका छन् । उनी रातमाटा खोपाको बनको पनि कोषाध्यक्ष थिए । त्यस्तै रातमाटै खोपाकै बनका अध्यक्ष कमल बहादुर बानिया र सदस्य डिल बहादुर रुवाली पनि जनही २ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

त्यसैगरि काठ ओसार पसार तथा बेचविखन गर्ने कार्यमा संलग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई पनि सजायको माग गरि मुद्धा दर्ता भएको छ । उनीहरु दुवै जना फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरि खोजी कार्य जारी रहेको डिभिजन बन कार्यलय धादिङका सुचना अधिकारी देवी प्रसाद पौडेलले जानकारी दिए ।

माता जलेश्वरी सामुदायिक बन तर्फ उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारलाइ जनही १३ लाख ९८ हजार को दोव्वर जरिबाना र २ बर्ष कैद सजायँको माग दावी गरिएको थियो । त्यसै गरि रातमाटा खोपाको पाखा सामुदायिक बन तर्फ जनही दुई लाख ६५ हजार बमोजिमको जरिबाना र १ बर्ष कैद सजायँको माग दावी गरिएको थियो ।

सामुदायिक बनभित्र फडानी गरिएको अवस्थामा फेला परेको खयरको काठहरु/फाइल फोटो

फडानी काण्डका मुख्य अभियुक्त मानिएका काठ तस्करहरु फरार रहेकाले क–कस्को मिलेमतो रहेको थियो भन्नेबारेमा विस्तृत पत्ता लगाउन गाह्रो भएको बन अधिकृत पौडेलले बताए । ‘उनीहरुलाइ पक्राउ गरेको खण्डमा घटनाको छिनोफानो सहज हुनेथियो ।’ पौडलले भने, ‘यता उपभोक्ता समिति इन्कार गर्ने उता तस्करहरु फरार रहेकाले घटना रहस्यमय बनेको छ ।’

फडानी पछि बन ऐन अनुसार कारवाही गर्न र सामुदायिक बन पनि फिर्ता लिन सक्ने किसिमले २ वटा अनुसन्धान गरिएको डिभिजनल बन कार्यलयले जनाएको छ । ‘हामीले २ वटा अनुसन्धान टोली बनाएर अनुसन्धान गरेका थियौँ ।’ बन अधिकृत पौडेलले भने, ‘बन फिर्ता लिन सक्ने सम्मको अधिकार दिएर अनुसन्धान गरिएपनि बन फडानी हुनुमा ब्यक्तिगत मिलेमतो हुन सक्ने भएकाले बन फिर्ता लिन नपर्ने देखिएको छ ।’

स्थानीय शिव गुभाजुको निजी जग्गाभित्रको खयर रुख कटानका लागि स्वीकृति पाएका ठेकेदारले लकडाउनको मौका छोपेर गत चैतको अन्तिम साता सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसंग मिलेमतोमा थप खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालयमा जानकारी दिएपछि खयर कटानको घटना वाहिर आएको थियो ।

स्थानीयको उजुरी पछि डिभिजन वन कार्यालय धादिङले अनुसन्धान अधिकृत मार्फत स्थलगत अनुसन्धान गरि कटान भएका रुखको पहिचान गरि १३३९ थान ७७६.३७ क्युफिट काठ बरामद गरेको थियो ।

२०७७ जेठ १६ गते प्रकाशित


About The Author

Loading...

अन्य समाचारहरु: