Sun. Jul 5th, 2020

धादिङका कुन नगर/गाउँपालिकालाई कति बजेट ? (विवरण सहित)


१६ जेठ, धादिङ–


धादिङका स्थानीय तहलाई संघीय सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८का लागि बजेट बिनियोजन गरेको छ। समानिकरण, सशर्त र समपुरक अनुदान गरी संघीय सरकारले जिल्लाका १३ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराएको हो।

जिल्लाको नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ६२ करोड ८३ लाख रूपैया बजेट छुट्टाएको छ भने सबैभन्दा कम रुविभ्याली गाउँपालिकालाई १६ करोड ६६ लाख रहेको छ ।

धादिङको १३ वटा स्थानिय तहहरुको बजेट विवरण :

नीलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख
धुनीबेसी नगरपालिका – ३३ करोड ५४ लाख
थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख
गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख
गजुरी गाउँपालिका – ३२ करोड २९ लाख
वेनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख
सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख
ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख
त्रिपूरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख
गँगंगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख
नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख
खनियावास गाउँपालिका – १९ करोड ९८ लाख
रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख


२०७७ जेठ १६ गते प्रकाशित
Loading...