Fri. Mar 29th, 2024

कोरोना संक्रमित बालक बसेर गएको गुम्दी स्वास्थ्य चौकीका १६ जनाको रिर्पोट नेगेटिभ


१६ जेठ, धादिङ–

कोरोना संक्रमित ३ वर्षे बालक बसेर गएको धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ मा सम्पर्कमा रहेका १६ जनाको नतिजा नेगेटिभ आएको छ ।

जेठ ८ गते पीसीआर परिक्षणका लागि १७ जनाको स्बाब संकलन गरी पठाइएकोमा १६ जनाको नतिजा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिए । एक जनाको भने नतिजा आउन बाँकी रहेको छ ।

स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाण्डौ गएका लमजुङ जिल्लाका तीन वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र शिल गरिएको थियो । स्वास्थ्यकर्मीहरु सबैको नतिजा नेगेटिभ आएसँगै गुम्दि स्वास्थ्य चौकीबाट प्रदान गर्दै आएको स्वास्थ्य सेवा सूचारु हुने अधिकारीले बताए ।

२०७७ जेठ १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: