Fri. Apr 26th, 2024

नेपालको कृषि कर्म र हाम्रो चुनौती

नबराज तिमल्सिना –


कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारिले यतिबेला समग्र रुपमा विश्व आतंकित बनिरहेको छ । सन् २०१९ को अन्त्य संगसंगै चीनको वुहान शहरबाट शुरुवात भएको यस किसिमको भाइरसले करिब पाँच महिनाको अवधिमा विश्वको झण्डै साठी लाख मानिसमा प्रत्यक्ष संक्रमण भएर करिब ३ लाख ६० हजार मानिसको ज्यान लिइसकेको छ भने नेपालमा १२ सयको हाहाराहारीमा संक्रमण भई ६ जनाको मृत्यु समेत भैसकेको छ । यो त प्रत्यक्ष घटना भए । अप्रत्यक्ष रुपमा सिंगो विश्वनै प्रभावित बनिरहेको छ र सबै मुलुकहरु बन्दाबन्दी अबस्थामा छन् ।

यस्तो अबस्थाको अन्त्य कहिले हुने भन्ने कुरा विश्वका कयौँ मुलुकमा अध्यायन र अनुसन्धान गरिरहेका विश्वविद्यालय र अन्य स्वास्थ्य संस्थाका बैज्ञानिकहरुले अहिले सम्म कुनै ठोस उपलब्धी हुन सकेको जानकारी आफ्नै घर भित्र पट्यारलाग्दो बन्दी जीवन बिताइरहेका आम मानिसलाई दिन सकेका छैनन् । यस्तो आपत्कालिन परिस्थितिमा यस कोरोना भाइरस संक्रमणका कारणले हाम्रो देश नेपालको समग्र औद्योगिक क्षेत्र तहस नहस हुनतिर उन्मुख हुँदै गर्दा नेपालको अबको आर्थिक अबस्था सुधार गर्नलाई अर्थविज्ञहरुले विभिन्न दृष्टिकोणहरु सार्बजनिक गरिरहेका छन् । ठिक यतिबेला नेपालमा आगामी आर्थिक बर्षको लागि आर्थिक प्रक्षेपण सहित संघिय सरकारले आफ्नो बार्षिक बजेट पनि सार्बजनिक गरिसकेको छ । यहि कोरोना कहरको बिचमा अबको केहिदिन भित्र हाम्रो प्रदेश सरकार र स्थानीय सरकारले पनि आगामी बर्षको आर्थिक नीति तथा कार्यक्रम सहित बार्षिक बजेट सार्बजनिक गर्दैछन् । यसै सेरोफेरोमा आधारित रहेर म यस लेख भित्र विशेषगरी पशुपालन र कृषि सम्बन्धी मेरो बुझाई सार्बजनिक गर्दैछु ।

सबभन्दा पहिले कृषि तथा पशुपालनमा लगानी गर्नको लागि यतिबेला उपयुक्त बातावरण छ कि छैनरु अब हामी कस्तो किसिमको कृषि प्रणाली अपनाउँछौ ? हाम्रो देशको भौगोलिक अबस्था अनुसारको हिमाली भेग, पहाडी भेग र तराई भेगमा त्यहाँको हावापानी अनुसार पुस्तौँ देखि आफ्नो कृषि कर्म गर्दै आइरहेको प्रणालीलाई नै निरन्तरता दिनेकी विश्वोका अन्य बिकसित मुलुकले अपनाएका प्रबिधिमा आधारित नयाँ आधुनिक कृषि प्रणाली अपनाउनेरु सरकारले पहिले त्यो बिषयमा स्पष्ट हुन जरुरी छ । यतिखेर हामीले परम्परागत कृषि कार्यलाई पछ्याईरहदाँ कृषि उत्पादनमा हामी कुन अबस्थामा छौं त्यो कुराको पनि समीक्षा गर्न आबश्यक छ । एउटा कुरा यहाँनेर उजागर गर्न जरुरी ठान्दछु कि हामी जतिसुकै कृषिप्रधान देश भनेर प्रचारप्रसार गरेपनी अहिलेको अबस्थामा हामी दैनिक उपभोग्य खाद्य पदार्थको सवालमा हाम्रो छिमेकी राष्ट्र भारतसंग निर्भर छौँ ।

आजको दिनसम्म पनि खाद्यान्न बोक्ने हजारौँ मालबाहक सवारीसाधन भारतबाट नेपाल भित्रीरहेका छन् । छातिमा हात राखेर एकपटक सोच्ने हो भने अस्ति भर्खर हामिलाई स्वास्थ्य सामाग्री अभाब भएको बेला हाम्रो छिमेकी मुलुक भारतले उसको देशको समस्यालाई मध्यनजर गरेर कोरोना सम्बन्धी सम्पुर्ण स्वास्थ्य सामाग्री निर्यातमा रोक लगायो । त्यसको प्रत्यक्ष असर आहिले हामीले भोगिरहेकै छौँ । यसरी नै आगामी दिनमा कुनैपनी रोगले कृषि उत्पादनमा अकल्पनीय क्षति पुर्‍यायो भने खाद्य सामाग्रीमा पनि भारतले नेपाल सहित अरु देशमा निर्यातमा रोक लगायो भने हाम्रो देश नेपालको हालत् के होलारु हो यहि कुरालाई मध्यनजर गरेर हामिले हाम्रो देशको कृषि उत्पादानमा बढोत्तरी गर्न आबश्यक छ ।

अब हामी गम्भीर भएर हाम्रो देशको कृषि उत्पादन तथा पशुपालनको बिषयमा छलफल गर्न जरुरी छ । किनभने यतिबेला अरु सबै पेशा ब्यावसायमा आबद्धहरुले पनी अबको हाम्रो लगानी कृषि तथा पशुपालनमा केन्द्रीकृत गर्नुपर्छ भनेर आ-आफ्नो तर्फबाठ आवाज उठाइरहेका छन् । नेपालको लागी उक्त लगानिको यो सबैभन्दा उपयुक्त अवसर पनि हो । तर हाम्रो संघिय सरकार देखि स्थानीय सरकार सम्मले साँच्चै कृषिलाई प्राथमिकतामा राखेर आफ्नो कार्यक्रमहरु बनाईरहेका छन् तरु अनि संघिय सरकार देखि स्थानिय सरकार सम्मले घोषणा गरेको पाशुपालन तथा कृषि कार्यक्रम नेपालमा कार्यन्वायन हुन्छ तरु अहिलेको मुल प्रश्न यहि हो । माथिल्लो तहको नीति निर्माण निकायले जारी गरेको कार्यक्रम सांच्चिकै तल्लो तहमा बसेर कृषि कर्म गरिरहेका किसानहरुमा पुगेको छ तरु सरकारले घोषणा गरेको कृषि कार्यक्रमहरु संचारमाध्याम मार्फत थाहा पाउने किसानहरुले उनिहरुकै खेतियोग्य जमिनसम्म त्यो सरकारी कार्यक्रम पुगेको छ त ?

१५ वटा बाख्रा र ८,१० वटा खसी बोका पालेका र १५,२० रोपनी जग्गामा परम्परागत कृषि कार्य गरिरहेका किसानहरुको समस्या के छन्रु १०,१५ रोपनी जग्गामा खेती किसानी गर्नलाई पशुपालन गर्नै पर्ने, अर्को बर्षको खेती लगाउनलाई यस बर्षको उब्जनीबाट बीउ निकाल्नै पर्ने, कताकती कुनै सहकारी मार्फत उपलब्ध गराइएको बिउबिजन लिनको लागि पनि स्थानिय नेताहरुको सोर्सफोर्स लगाउन पर्ने, बल्लबल्ल लगाएको खेतिबालिमा राख्नुपर्ने रासायनिक मल समयमै नपाउँदा आफ्नै सरकार बिरुद्ध नाराबाजी गरेपछि मात्र उक्त मलको धोक्रो बोक्न पर्ने, आफ्नो घरमा पालेको बाख्रालाई बोका लगाउनपर्दा गाउँमा कसको घरमा हुर्केको बोका छ भनेर आफ्नो घरको बाख्रो डोर्‍यायर बोका खोज्दै हिड्नु पर्ने, ५०,१०० वटा काउली र बन्दागोभीको बेर्ना लगाउनलाई चाहिने पानीको लागि आकासको बादललाई चिह्याइरहनु पर्ने लगायतको समस्याबाट गुज्रीरहेका किसानहरुका लागि हाम्रो कृषि कार्यक्रमले कत्तिको प्रभावित गर्छरु हो यस्तै समस्याहरुको समाधान गर्न नसकिएसम्म हाम्रो कुनैपनी तहको सरकारले घोषणा गरेको कृषि तथा पशुपालन कार्यक्रमले नेपाल सरकारले अपेक्षा गरे बमोजिमको उपलब्धी हासिल गर्न सकिंदैन । अहिलेको हाम्रो सरकारको गराई र किसानको भोगाई कस्तो छरु यो कुराको पनि समीक्षा हुन जरुरी छ ।

स्थानिय तहमा अहिले हाम्रो सरकारी संरचनाले उपलब्ध गराएको कृषि तथा पशु प्राबिधिकहरुले दिइरहेको सेवा किसानमैत्री छ तरु पक्कै छैन किनभने हामिले जुन किसिमको सेवा किसानलाई उपलब्ध गराउने उद्देश्यले गाउँ गाँउमा कृषि तथा पशु प्राबिधिक सरकारी कोषको भरणपोषण मार्फत परिचालन गरिरहेका छौँ त्यो संरचनाले त्यो उद्देश्य प्राप्त गर्न सकिरहेको छैन । उदाहरणको लागि अहिले पनि स्थानिय किसानहरुको खेतिबालीमा वा घरमा पालेको पशुपालनमा बाहिरै देखिने गरि कुनै गम्भीर समस्या नदेखिएसम्म त्यो सरकारी प्राबिधिक त्यो किसानको घरमा पुग्दैन । किनभने ती किसानहरुले कुनैपनी रोगको लक्षण थाहा पाउन नसकेर आफ्नो उत्पादनलाई सुरक्षित राख्न सकिरहेका छैनन् । अहिलेको सानो देखि ठूलो सम्मको किसानहरुको समस्या त्यही हो । किनभने हरेक किसानहरु आफैंं कृषि तथा पशु विषेशज्ञ हुँदैनन् ।

यदि हामीले सांच्चै किसानहरुलाई प्राबिधिक सेवा पुर्‍याउने हो भने त्यो किसानको कृषि उत्पादन तथा पशुपालान कार्यमा राज्यको प्राविधिकले नियमित सुपरिबेक्षण गर्न जरुरी छ किनकी हाम्रो गाउँ गाँउमा कृषि तथा पाशुपालन गरिरहेका किसानहरुले आफ्नो कृषि उत्पादन तथा रु कुनैपनी रोगको लक्षण किसानले थाहा पाउन सक्दैनन् । त्यो लक्षण थाहा पाउने भनेको हाम्रो सरकारी संरचानाले उपलब्ध गराएको प्राबिधिकहरुले नै हो, त्यसको लागि हरेक किसानहरुको उत्पादनमा त्यो प्राबिधिकले नियमित रुपमा अनुगमन गर्न सक्ने संरचना हामिले तयार गर्न जरुरी छ । यो संरचनाको बलियो कार्यन्वायन गर्ने भनेको हाम्रो स्थानिय तहको सरकारले हो । तब मात्रै हामिले कृषिमा हाम्रो लक्ष्य अनुसारको प्रतिफल प्राप्त गर्न सक्दछौँ ।

(लेखक : नेपाली काँग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य हुनुहुन्छ ।)

२०७७ जेठ १७ गते प्रकाशित

About The Author

Loading...