Fri. Mar 29th, 2024

त्रिशूली ( मालिनी छन्द)

केशब दुवाडीुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु

युग युग बहने ती नीलगङ्गा त्रिशूली

कल कल कल गर्दै हान्दछिन् नागबेली ।

विषधर शिवजीको कण्ठ ठण्डा गरेकी

शिव ! शिव! शिव ! भन्दै; कुण्डबाटै झरेकी ।।


रिमझिम जब पानी झर्छ आकासबा

तब भल सब निल्दै गर्दछिन् अट्टहास ।

भल मल जल दिन्छिन् खेतका ती गरामा

 लह लह गहुँबाला धान फल्छन् धरामा ।।


रन वन पहराको काख काखै बगेकी

हिमजल रस पोख्दै फाँट पैदा गरेकी ।

बगर वदन चुम्दै छाड्दछिन् ती किनारा 

श्रमिक र मछुवाको जीविकाकी सहारा

नउधिन न ! त्रिशूली यन्त्र गाडी चलाई

 नमिच न! तटिनीको धारको मार्गलाई !

 धन पछि पछि लाग्दै सम्पदा नास गर्छौ !

जलचर सब मास्यौ ! श्राप लागेर मर्छौ ।। 


सब जन जुट आऊ!धर्मको मार्ग रोजौँ

 कलुषित मनलाई सभ्यताले पखालौँ । 

मल मयल नपारी स्वच्छ पारौँ त्रीशूली 

अनुपम धरतीकी पावनी हुन् त्रिशूली ।।

२०७७ जेठ १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: