Wed. Jul 24th, 2024

पूर्व अर्थमन्त्रीद्धारा काभ्रेमा अस्थायी घर हस्तान्तरण

surendra pandey
२७ जेठ,  काभ्रे – नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूकम्प प्रभावित जिल्लाहरुमा आफुले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

भूकम्प प्रभावित काभ्रे जिल्लालाई अस्थायी घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि पाण्डेले यो सहयोग चितवन जिल्लाको लागि आएको भएता पनि आफुले भुकम्प प्रभावित सबै जिल्लाहरुमा वितरण गरेको बताउनु भो। यो सानो सहयोग भएता पनि यसको महत्व ठुलो रहेको बताउनुभयो ।

अर्को फरक प्रसंगमा मन्त्री पाण्डेले अब संबिधान बन्ने निश्चित भएको बताउनुभयो । विनाशकारी भूकम्पले नयाँ आशा पलाएको बताउनु भभो। नयाँ सरकार छिट्टो परिवर्तन हुने र त्यसको नेतृत्व केपि ओलीले गर्ने समेत दाबी गर्नुभयो । हिजो आफु सरकारमा रहदाँ पनि काभ्रेलाई विकास गर्न लागि परेको मध्य पहाडी लोकमार्ग समेत यही जिल्लालाई छुने हुदाँ विकासको अवसर अझ आउने बताउनु भयो । भूकम्पपछि जग्गाको वर्गीकरण गरेर खेति, आवास, सार्वजानिक औद्योगिक सबै क्षेत्रलाई मिलाउनु पर्ने कुरामा समेत जोड दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: