Mon. Oct 14th, 2024

अभिभावकहरुलाई शिक्षा सम्बन्धि एक दिने तालिम

धादिङ – अभिभावकहरुलाई शिक्षा सम्बन्धि एक दिने तालिम दिइएको छ ।

नारी जागरण केन्द्र धादिङको आयोजना तथा युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा धादिङबेसीमा तालिम संचालन गरिएको हो । अपाङ्गता भएका बालबालिकाको भविष्य सुनिश्चित गर्न सहयोग पु¥याउने उद्देश्यले अभिभावकहरुलाई तालिम दिईएको हो । तालिममा अपाङगता भएका बालबािलकाहरुको पारिवारिक संरक्षण, हेरचाह र पठनपाठका विषयमा छलफल गरिएको थियो ।

त्यस्तै अपाङ्गताहरुको राष्ट्रिय र अन्तराष्ट्रिय महासन्धीका विषयमा अपाङ्गता पुनस्र्थापना केन्द्रका प्रमुख लेखनाथ आचार्यले जानकारी गराऊनुभएको थियो ।। तालिममा धादिङको निलकण्ठ, चैनपुर, महादेववेशी, ज्याम्रुङ र मार्पाक गाविसका अपाङ्गता भएका बालबलिकाका अभिभावकहरुको उपस्थिती रहेको नारी जागरण केन्द्र धादिङका अध्यक्ष भगवती उप्रेतीले जानकारी दिनुभयो ।

About The Author

अन्य समाचारहरु: