Thu. Mar 28th, 2024

पाल्पाका थप ९३ जनामा कोरोना पुष्टि

११ असार, चितवन –

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पाल्पाका ९३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान सूचना निकालेर असार १० गते भएको आरटी पीसीआर परीक्षणमा संक्रमितहरु भेटिएको जानकारी गराएको हो । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर आएको अस्पतालले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालका १५, सिएमसी मेडिकल कलेजका ४, पुष्पाञ्जलीका २, क्यान्सर अस्पतालका २६, सिओएसएसका १६ र पाल्पाका समेत गरेर हिजो कुल २९७ वटा नमुनाको पसिआर भएको थियो । जसमध्ये पाल्पाका ९३ बाहेक अरु २०४ नमुनामा संक्रमण नदेखिएको अस्पतालको सुचनामा उल्लेख छ । प्रयोगशाला सञ्चालनपछि सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो । यसअघि जेठ २६ मा एकै दिन ३० संक्रमित फेला परेका थिए ।


२०७७ असार ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: