
१३ असार, धादिङ–
धादिङ प्रहरीले अबैध जडिबुटी सहित चार जनालाई पक्राउ गरेको छ । रुविभ्यालीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा चेकजाँच गर्ने क्रममा नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ट्रकलाई रोकी खानतलासी गर्दा गाडी भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो ।
पक्राउ पर्नेमा मिनि ट्रक चालक धादिङ रुविभ्याली गाउँपालिका वडा नं १ बस्ने पेम्बा तामाङ, सह–चालक सोही ठाउँका टसी तामाङ, झ्यापरोङ तामाङ र ग्युार्मे नामग्याल तामाङ छन् ।
उनीहरुको साथबाट जटामसी ३१० किलो ०७७ ग्राम, निरमसी २ किलो १५० ग्राम, गुची च्याउ १७ ग्राम, यार्सा गुम्बा १ किलो ८ ग्राम बरामद गरिएको धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
२०७७ असार १३ गते प्रकाशित
Loading...