Sun. Jul 5th, 2020

सालको काठसहित धादिङको दामगाडेबाट दुईजना पक्राउ


१३ असार, धादिङ–


धादिङ प्रहरीले जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १० दामगाडेबाट सालको काठससहित दुईजनालाई पक्राउ गरेको छ ।

धादिङवेसी तर्फ आउदै गरेको बा.३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा लोड गरी ल्याएको तासेको अवस्थामा रहेको अबैध साल जातको ३७.८४ क्यु फिट काठ सानो ठुलो गरी २५ वटा बरामद गरिएको छ ।

बरामद गरिएको काठ र गाडी सहित चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं.१२ आपस्वाँरा बस्ने २९ वर्षीय टिकाराम श्रेष्ठ र ट्रकमा सवार ३१ वर्षीय राजु श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

२०७७ असार १३ गते प्रकाशित

Loading...