Thu. Mar 28th, 2024

धादिङका दुईसहित बागमती प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


१६, असार, धादिङ–


धादिङमा सोमबार थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । थपिएका संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की ३० बर्षीय महिला र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ३२ बर्षीय पुरुष छन् ।

धादिङसहित बागमती प्रदेशमा सोमबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको सामाजिक मन्त्रालय अनुसार प्रदेशको ७ जिल्लामा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

थप पुष्टि हुनेहरुमा काठमाण्डौमा ६ जना (२ महिला र ४ पुरुष), चितवनमा ४ जना (२ पुरुष र २ महिला), धादिङमा २ जना (एक पुरुष र एक महिला) मकवानपुरमा १ पुरुष, ललितपुरमा १ जना पुरुष, काभ्रेमा १ पुरुष, भक्तपुरमा १ पुरुष गरि प्रदेशमा १६ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै बागमती प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ४ सय ७ पुगेको छ । यसैगरि प्रदेशमा कोरोनाको कारण ५ जनाको मृत्यु भईसकेको छ भने १ सय १६ जना संक्रमण मुक्त भएका छन् ।

२०७७ असार १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: