Sun. Jul 5th, 2020

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, संक्रमित संख्या १४ हजार नाघ्यो

१७ असार, काठमाडौं –


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो ।

मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

नेपालमा बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

२०७७ असार १७ गते प्रकाशित

Loading...