Wed. Aug 12th, 2020

लिभरपुल म्यानचेस्टर सिटीसँग ४–० ले पराजित


१९ असार, काठमाडौँ–

इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

बिहान भएको खेलमा सिटीको घरेलु मैदान इतिहादमा केभिन डि ब्रुइन,रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरेका थिए । एक गोल भने एलेक्स च्याम्बर्लिङ मार्फत उपहार पाएको थियो ।

२५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए । फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुलाई सुरुमै दबाबमा ल्याएको थियो ।

पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गरेको थियो ।


२०७७ असार १९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: