Wed. Aug 12th, 2020

पेशागत सुरक्षाको माग गर्दै पत्रकारले गरे प्रदर्शन


१९ असार, काठमाण्डौ –

श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ ।
कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि पत्रकार महासंघको अगुवाईमा काठमाडौंको बबरमहलमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।

पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

पहिलो चरणको आन्दोलन अन्तर्गत अहिले महासङ्घले काठमाण्डौको बबरमहलमा प्रदर्शन गरेको हो । कोरोना भाइरसको महामारीको बेला विभिन्न सञ्चार गृहले पत्रकारलाई तलब नदिएको, काम गर्ने वातावरण नदिएको र कामबाट हटाएको भन्दै महासङ्घले आन्दोलन थालेको हो ।

पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए। श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए। अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रीत हुने उनले बताए।

२०७७ असार १९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: