Sat. Apr 20th, 2024

अंपागता भएका व्यक्तिका अभिभावकलाई अंपागता स्याहारकर्ता सम्बन्धी तालिम

२७ असार, धादिङ

वहु र बौद्धिक अंपागता भएका व्यक्तिहरुका अभिभावकहरुलाई अंपागता स्याहारकर्ता तालिम प्रदान गरिएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौडा मकवानपुरको आर्थिक सहयोगमा गुप्तेश्वरी अंपागता संघ गल्छीको आयोजनामा भएको तालिम दुई दिनसम्म संचालन भएको थियो । तालिममा वुह र बौद्धिक अंपागता भएका व्यक्तिलाई स्याहार गर्ने तरिका, अरु व्यक्ति सरह व्यवहार गर्ने तरिका लगायतका विषयमा जानकारी गराइएको थियो ।
अंपागता भएका व्यक्तिहरुलाई शारीरिक र मानसिक रुपमा कसरी अगाडि बढाउने र आफ्नो क्रियाकलाप आफैले कसरी अगाडि बढउन सकिन्छ भन्ने विषयको बारेमा अभिभावकहरुलाई स्याहारकर्ता तालिम दिइएको हो ।
दुई दिनसम्म संचालन भएको तालिमको बिहिबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । कार्यक्रममा अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले अपांगता भएका व्यक्तिहरुलाई पनि अन्य व्यक्तिहरु जस्तै समान व्यवहार गर्न आग्रह गरे ।

२०७७ असार २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: