Sat. Oct 31st, 2020

नारी र वर्तमान समय

जयकृष्ण श्रेष्ठ विकिरण
कोरेर बाटो शब्द ,
सिर्जना को,
फुलाएर फुल,
कवितै कविता को,
थुङ्गै थुङ्गाले,
उनेर माला,
पहिर्याईदियौ,हामिलाई
सबै भन्दा,पहिला,
बसिरहेछौँ हामी,
तिम्रै शितलता मा,
ढकमक्क शब्द हेर,
तिम्रै बङ्गैचा मा,
मान्नु नै थियो,
यो संसारिक,रितिहरु,
बाँचिरहनेछ्न तिम्रा,
(अजर अमर ,कृतिहरु)
आदि कवि भानुभक्त प्रती समर्पित
सिर्जना का शब्द हरु मध्ये कै सायद सबै भन्दा बढी सिर्जनशिल,सुन्दर अनि शक्तिशाली शब्द नै नारी हुनुपर्छ । सिर्जनशिलता,धैर्यता अनि सहनशीलता को पर्यायावाचि शब्द नै नारी हो,नारी हुनु पर्छ ।
तर, महिलाहरु प्राकृतिक हिसाब मा कोमल शारीरिक अवयब अनि कोमल हृदय भएकै कारण यो कठोर अनि निर्दयी समाज अनि संसारमा दोस्रो तहमा रहन विवस छन । आज हामिले भन्दै गरेको र मान्दै गरेको २१ औ शताब्दी अनि शिक्षित र सभ्य समाज मा झन झन महिला हरु माथी को विभेद नयाँ नयाँ रुप र शैली मा देखिएको छ । आज देखिएको अस्वस्थ आर्थिक प्रतिस्पर्धा र सूचना प्रविधिको विकास ले झनै महिला अनि महिला माथी को गैर न्यायिक हिंसा अनि चुनौती लाई थप बढाउन टेवा पुगेको भान हुन्छ । हुन त चुनौती लाई नै हो अवसर मा बदल्ने पनि । तर सुचना र प्रविधी को विकास सङ सङ्गै हामी सङ्ग हात हात मा भएका इलेक्ट्रोनिक साधन अनिअहिले विकसित सामाजिक सन्जाल को पद्धति ले के साँच्चै नै महिला सशक्तिकरण को चुनौती लाई अवसर मा बदल्ने कोसिस गरेकै छ त के यिनी हरुको प्रयोग ले साँच्चै न मानिस को सोच र स्वभाव बदल्न मद्दत गरेकै छ त । सकारात्मकता भन्दा बढी नकारात्मकता लाई पश्रय र प्राथमिकता दिने मानविय स्वभाव कै कारण यी सबै उत्तर हरु मा नकारात्मक उत्तर मिल्छ।

नारीहरुको उपस्थित आज पनि विश्व भरिको राजनैतिक नेतृत्वदायी तहमा अत्यन्तै कम मात्रामा छ । अहिलेको जस्तो कोरोना महामारीले आक्रान्त विश्व समुदाय होस या जस्तो सुकै कठिन परिस्थिति नै किन नहोस पुरुष नेतृत्व ले महिला हरु सङग हात मा हात र साथ मा साथ दिएर अगाडि बढ्ने हो भने मात्रै पनि यस्ता असहज परिस्थिती को सामाना गर्न व्यवहारिक रुपमै सहज हुन सक्छ । घर,परिवार,समुदाय,राष्ट्र अनि पुरै विश्व लाई नै हामि ले हरेक परिस्थितिको सामना गर्ने पुर्वतयारी को एउटा महत्वपूर्ण कडि को रुपमा लिनु पर्छ,नारी र पुरुष बिचको समझदारी पुर्ण सौहार्द वातावरण । उदाहरण का लागि कुनै एउटा सानो परिवार लाई नै हेरौँ,यदि नारी ले पुरुष को र पुरुष ले नारी को कुरा सुनेर,बुझेर ,एक अर्का मा समझदारी गर्दै सम्मान पुर्वक व्यवहार गर्दै आर्थिक अनि पारिवारिक निर्णय लिईन्छ भने पक्कै पनि त्यो घरमा शान्ती,स्थिरता र अमन चयन कायम हुन्छ । तर यस्को विपरीत पुरुष मा पुरुषार्थ को घमण्ड अनि नारी मा नारिको अधिकार असिमित छ भन्ने भान परेर घमण्ड भयो भने,के त्यो घर अगाडि बढ्न सक्ला र अहिलेको जस्तो परिस्थितिमा त झनै महिला को जिम्मेवारी बढेको छ। त्यसैले पुरुष दाजु भाइ हरु ले पनि यो कुरा को हेक्का राख्नु पर्छ ।

एउटा भनाई नै छ नि,नारी र पुरुष एकै रथ का दुई पाङ्गग्रा हुनहो वस,यत्ती सोचेर हामिले गर्ने व्यवहार परिवर्तन गरेउँ भने सबै समस्या हल हुन सक्थ्यो होला तर,सबै भन्दा कठिन काम नै मानिस को सोचाइ परिवर्तन गर्ने हो रहेछ । नत्र अहिले सम्म जे जति मानीस हरु शिक्षित र सचेत भए उनी हरुको मात्रै सोच र चिन्तन शैली बद्लिन्थ्यो भने पनि संसार भरी देखिएको आर्थिक,राजनैतिक,धार्मिक,जातिय र लैङ्गिक विभेद निमिट्यान्न भएर दुनियाँ भरी शान्ती र सद्भाव कायम हुनु पर्ने हो । सबै मानिस मा मानवीय भावना ओत प्रोत भएर आउनु पर्ने हो,तर यस्तो हुन किन सकेन किन कि,जुन विभेद को मानसिकतामा मानिस हुर्किएको हुन्छ नि त्यो मानसिकता बदल्न शिक्षा सुचना र प्रविधि लाई पनि निक्कै मुस्कील पर्छ ।

त्यसैले,महिला हरु लाई सक्षम र सबल बनाउन सबै भन्दा पहिले आर्थिक र राजनैतिक पक्ष मै ध्यान दिनु पर्दछ अनि अहिले जति पनि विज्ञान र प्रविधि ले ल,पुँजिवादी अर्थ व्यवस्था ले,नारी लाई एउटा साधन बनाएर मार्केटिङ गरेर क्यास मा बदलिराखेका छन त्यो समयमै बुझेर चनाखो हुनुपर्छ । अनि मात्रै,नारी हकहित का लागि लेखिएका ती तमाम शब्द हरु अनि गरिएका आन्दोलन हरु ले सार्थकता पाउँनेछ ।
२०७७ साउन १ गते प्रकाशित

Loading...