२ साउन, धादिङ-
धादिङको नीलकण्ठ नगरपालिका वडा न ८ बगैँचामा बिहिबार बेलुका मोटरसाईकल दुर्घटना हुदाँँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा न. ९ निवासी २६ बर्षका रामहरि लम्साल रहेको प्रहरीले जानकारी दिएको छ ।
धादिङबेशीबाट पाल्पा भञ्याङ जाँदै गरेको प्रदेश ०३–०२–००८ प २४४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा काठमाडौँ स्थित ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
२०७७ साउन २ गते प्रकाशित
About The Author
Loading...