Fri. Oct 30th, 2020

अनी फ्य्राङ्क,कोरोना र शिक्षक

देवीप्रसाद अधिकारी

कस्तो अचम्म छ । यो संसार परिवर्तन हुनु अगाडि हामीले एकक्षण पनि कुर्न पर्दैन । यो उद्गार एक जर्मन किशोरी अनी फ्य्राङ्कको हो । जो प्रन्ध वर्षको कलीलो उमेरमा देह त्याग गरेर गइन । तेह्वर्ष हुदा तत्कालिन जर्मन नाजीहरुको दमनवाट वच्न दुई वर्ष गुप्तवासमा रहिन् । जुन कसैको जीवनको लागीनर्क भयो होला तर उनलाई यो जीवनको अनमोल क्षण रह्यो । तीनै वर्षहरुमा उनले तेहै जन्मदिनमा उपहार पाएको डायरी भर्ने मौका मिल्यो जसमा उनले आफ्ना आत्मानु भुति र जीवनका रंगहरुका बारेमा विचार पोखिन् । जुन डायरी अहिले ७० भन्दा बढि भाषाहरुमा रुपान्तरण गरिएका छन् ।
उनले डायरीमा विशेष गरेर नाजीहरुले ज्यूजहरुलाई कसरी सताएका थिए, एउटा किशोरीले कस्तो सास्ती बेहोर्न प¥यो । परिवार कसरी विछिप्त बन्यो भन्ने कुरा उल्लेख छ । यसको अलावा उक्त डायरीले पीडामा रहँदा पनि जीवनलाई कसरी उज्यालो पक्षवाट हेर्न सकिन्छ भन्ने सन्देश पनि छोडेको छ ।
हो उनले भने जस्तो भयो । पटकपटक यो दुनियाँ परिर्वतन हुन समय कुर्नु परेन । पछिल्लो परीघटना कोरोनाले बनाएको छ । गत डिसेम्वरमा चीनको वुआन प्रान्तबाट एकाएक संसार भरी फैलिएको भाइरसले चराचर गजत नै उलट पुलट बनाइदिएको छ । मानव मात्रका लागी महत्वपूर्ण कुरा के के रहेछ भन्ने तथ्य पनि पुनः एक पटक प्रष्ट पारि दिएको छ । संसार जित्नको लागी भनेर रचिएका कथाहरु अपत्यारिला भएका छन् । दम्भ र घमण्ड बढाउने सर्वविनासकारी खर खजामानिहीर भएका छन् । ठुला अंजङ्गका मानव निर्मित जुनसुकै वस्तु उपर अदृष्य निकै सुष्म जीवाणुले पकड जमाइ दिएको छ । हाल विज्ञान प्रविधिको चरम उपयोगमा रमीरहेको मानव जगत एउटा भाइरसवाट त्राहीमाम वनेको छ । आ–आफ्नो वीचको भौतिक संसार र निकटता हटाउन प्रयासरत छन् ।

यस्तो विषम परिस्थितिका बाबजुद एउटा शिक्षक भएर अनुभव गर्दा आम मानिसको जस्तो स्पष्ट दृश्य र भोगाइ त नहोला तर पनि यो कम विशिष्ट भने छैन । शिक्षक विना जीवनको कुनै कक्षा हुदैन भन्ने कसैको भनाइ सापटी लिदात्यो अनुभुति सार्थक हुुन्छ होला । हो शिक्षक कुनै विद्यालय विश्वविद्यालयको कोठाभित्र मात्र पाइने हैन । जो बाट सिकिन्छ उसलाई शिक्षक मान्नु अचम्म हुदैन तर पनि हामी औपचारिक संरचना भित्र रहेर ज्ञान प्रदानगर्ने, ज्ञान मार्ग देखाउने व्यक्तिलाई शिक्षक बढी भन्दछौ ।एक शिक्षक भएर कोठामा भौतिक रुपमा उपस्थित हुन नपाएको चार महिना भयो । यसपछि यो वीचमा विद्यार्थीसंग जोडिन नपाएको भने होइन । विविध तरङग मध्यबाट केही विद्यार्थीहरुसंग भर्चुअलकक्षामा दैनिकजसो सामेल भने भैरहेको छु ।

तर पनि जसरी कक्षाकोठामा ती चम्किला,ओजिला अनुहारहरु सदृश्य अगाडि नहुँदानिकै खल्लो महशुस हुदो रहेछ । प्रस्तुति व्याख्या र अन्र्तक्रियामा जुन सजीव भावहरु प्रष्ट देखेर अनुभव गर्दै आफुलाई तत्काल परिवर्तन गर्न सकिन्छ यस्तो अवसर त्यो भर्चुअल कक्षाम नहुदो रहेछ । अझ कतिपय कक्षाहरुमा विद्यार्थीकै नाम आउछ । फोटो आउछ तर आवाज विना नै कक्षा लिएका हुन्छन् । म एकहोरो चिच्याइ रहन्छु था छैन ती मेरो शिष्यहरु के गदै हुन्छन् । कहिले काही बोली सुन्न आग्रह गर्दछु । मेरो विद्यार्थी भन्दा पहिला भाले बासेको सुन्छु कुकरको सिठी लागेको सुन्छु । बाख्रा,गाई, भैसी, चरा कराएको सुन्छु । अनि यसै वीचमा आग्रह गर्दै हुन्छु एक क्षण त वोल्नु । यसको उत्तर त भन्नु ।

थोरै मात्र मेरो शिष्यहरु वोल्नु हुन्छ । थाहा छैन किनहो नहेरे पनि वोल्न आग्रह गर्छु तर सहभागीता निकै कम पाएको छु । हुन सक्छ यसमा मेरै कमजोरी होला किनकी एउटा असल शिक्षकले जो कोही र जेसुकैलाई परिवर्तन गराउन सक्दछ भनिन्छ । अफसोच मलाई यो गर्न कठीन भैरहेको महशुस गर्दछु । अनि फेरी अर्को प्रयास गर्छु । गरिरहन्छु । गरिरहेकै छु ।
यो बन्दाबन्दीको कठिन परिस्थितिमा आफु आफ्नो परिवार सम्हाल्दै आफ्नै बेड रुमलाइ कक्षाकोठा बनाएको म जस्तो अधिकांश शिक्षक मित्रहरुको भोगाइ मेरो भन्दा फरक पनि हुन सक्छ । यो चार महिना ताकिएको पारीश्रमिक लिएर पनि एकदिन एउटा कक्षा लिने प्रयास पनि नगर्ने मित्रहरु हेरेको छु । फेसवुकका भित्ताहरुमा त्यति नै तनखामा अनेक प्रयास गदै आफ्ना शिष्यहरुको घर घर टोल टोल मागएर आफ्नो पेशाको धर्म निर्वाह गरिरहनु भएका भित्रहरुको गतिविधि पनि नजीकवाट नियालेको छु । एकरुपैयाँ पारिश्रमिक विना घण्टौ भर्चुअल कक्षामा आफ्ना शिष्यहरुलाई महिनौ भुल्याई रहेका मित्रहरुसंगै भोगिरहेका छु । त्यस्तै दैनिकि केहि शिक्षक मित्रहरु देख्दा अचम्म मान्दछु । उहाँहरुको छोराछोरी पढ्ने स्कुलले किन पठाएन रे तर उहाँहरु अरुको छोरा छोरीलाई पढाउने कर्तव्य सम्झाउदा भन्नुहुन्छ भर्चुअल कक्षा हाम्रो विद्यालयका विद्यार्थीहरुसंग सम्भवै छैन । अनि फेरि सुन्छु आफ्ना छोरा छोरीलाई दैनिक पढाएका शिक्षकलाई भर्चुअल क्लासको नी के शुल्कतिर्नु । अनि सरकार त्यसैमा थप्छ अनलाईन कक्षाको नाममा कुनै शुल्क नलिनु । अनि भन्दैनन ती चीसा सडक पेटीमा असारे झरीमापलेटी कसेर बसेका ती र त्यस्ताशिक्षकहरु राष्ट्रका आवश्यक जनशक्ति हुन भनेर । सरकार चिन्दैन उनीहरुको समस्या । सुन्दैन उनीहरुको चित्कार । सरकारलाइ चिन्ता छ त आफ्ना देश छोडि गएका संसारका नामुद कलेज युनियर्सिर्टीमा पढ्ने उनै नेता,उपल्लो दर्जाका धरानियो छोरा छोरीहरु घर फर्काउन पाए छोरा छोरी आफु संगै हुन्थे । सरकार सुन्दैन लाखौ शिक्षकलाई रोजगारी दिने,देशका अधिकांश कर्णधार जन्माउने, आफ्नै माटोमा गरीखाने साना उद्योगी व्यवसायीलाई । केहि दर्जन नाफा कमाउने स्कुलहरुको एउटै दर्जामा दशौ हजार विद्यालयलाई हेर्दछ र व्यवहार गर्दछ । ती रोजगारदाताहरु सोच्दैनन् दुई चार महिनाको लागी पनि । अनि पिडित बनिरहन्छन् ।
हामीजस्तो देश भक्त जनशक्ति अब एकपटक सवै यो दृष्य र अनुभुतिलाई उल्ट्याऔ । अनि फ्य्राङ्कले जस्तै जीवनको पीडावीचमा उज्यालो पक्षलाई नि¥यालौ । आउनुस एकैक्षण फरक ढंगले सौच्यौ ।

यो परिस्थिति यो बन्दाबन्दी यो संकटले हामीलाई एकएक पाठ सिकाएको छ । बन्दाबन्दीले घरमा बस्यौ । परीवारसँग रमायौं । आफुलाई चिन्ने मौकापायौं । कतिले चिनाउने मौकापायौं । लेख्ने लेखाउने, पढ्ने पढाउने, अनि अनेकन अवसरहरु पनि त प्रशस्तै पायौ नी । केहि नभए पनि दर्जनौ पुस्तकहरु पढ्यांै । त्यसैगरी अनगिन्ति अनलाईन टे«निक,कक्षाआदिमा सहभागिभयौं । देशविदेश वाट संचालन भएका सेमिनार गोष्ठी बहसमा सामेल भयांै । वषौ देखिको एक रुटीन दैनिकीबाट अलि परभयौ । आफ्नो शरीर र स्वास्थ्यलाई नजिकवाट नि¥याल्ने मौका पायांै । धुलो धँुवा र प्रदुषण मुक्त सहर,प्रकृति नियाल्ने, स्वच्छ हावाखाने हाम्रो जीवनकामै अभुतपूर्व अनुभुति संगाल्यौ ।
अझै आफुलाई परिस्कृत गर्ने ज्ञान हासिलगर्ने पेशा परिर्वतनगर्ने वा यसैलाई परिस्कृत गरेर जाने योजना बनाउन पायौ । केहि नयाँ विचारहरु अध्यायन अनुशन्धान गर्ने सुअवसर पायौ । यीतमा म प्राप्तीहरुलाई आत्मासाथ गरौ । नभएको अपुगपक्षलाई सधै चिन्ताको विषय नवनाउ । राम्रो कसरी गर्ने भन्ने चिन्तन गरौ । त्यस्तो गर्न सकेमा शिक्षण पेशा प्रतिकहिल्यै अरुचि पैदा हुदैन भन्ने मेरो विश्वास छ ।

देवीप्रसादअधिकारी
उपप्राध्यापक

२०७७ साउन ४ गते प्रकाशित

Loading...