Fri. Mar 29th, 2024

पहिरोले पुरिदाँ धादिङको आगिन्चोकमा एकै परिवारका तीन जनाको मृत्यू


६ साउन, धादिङ–


धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिञ्चोकमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुइ वर्षीय छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । अबिरल बर्षासँगै आएको पहिरोले पुरिदाँ मंगलबार बिहान मृत्यु भएको हो ।

प्रहरी, उद्धारकर्मी र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार मात्रै गजुरी गाउँपालिकाकी १७ वर्षीय निरुता परिवारको पहिरोमा परि मृत्यु भएको थियो । निरन्तरको बर्षाले जिल्लाको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ ।

२०७७ साउन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: