२९ जेठ, चितवन – चार दिनदेखि हराइरहेका चितवनको विकट सिद्धि गाविसका एक चेपाङ मृत फेला परेका छन् ।
सिद्धी गाविस–२ का गोपीलाल चेपाङ आज मकैबारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर चितवनले जनाएको छ । उनको चारदिनदेखि खोजी भइरहेको थियो ।
उनको मृत्युको कारण नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी पहिलेदेखिनै छारेरोगका बिरामी रहेको स्थानीयले बताएको छ । रासस