Wed. Aug 12th, 2020

धादिङमा पहिरोले पुरिएर एक जनाको मृत्यु

फाइल फोटो

९ साउन, धादिङ –


पहिरोेले पुरिएर धादिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं. ६ कार्की गाउँका ५५ वर्षिया सानुबाबु पन्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

बिहिबार बेलुकादेखि लगातार पानी परेपछि गोठमा भएको रागो फूकाउन जाँदा मध्यरातमा पहिरोमा परेर मृत्यु भएको हो । पहिरोले गोठ भत्किदाँ एउटा राँगो मरेको छ भने अन्नपात समेत पुरिएको छ । मृतकको शव पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्र पठाएको छ ।

धादिङमा एक साताको अवधिमा पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ ।

२०७७ साउन ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: