Wed. Aug 12th, 2020

पुल मर्मतपछि मौवाखोलामा साना सवारी गुड्न थाले,

९ साउन, धादिङ

अविरल वर्षापछि बाढीपहिरो जादाँ अबरुद्ध पृथ्वी राजमार्गमा सवारी गुड्न थालेको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प भएको थियो । चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका हुन् । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरिएको छ ।

पुलको मर्मतपछि मोटरसाइकल, साना चारपाँग्रे सवारी र एम्बुलेन्स लगायतका सवारी चल्न थालेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । ‘मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन्’ उनले भने, ‘अहिले पनि मर्मतकोे काम चलिरहेको छ, बेलुकासम्म ठूला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको छ ।’

धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड सोमबारदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो । पुल मर्मतको काम चलिरहेपनि पहिरोका कारण ठाउँठाउँमा राजमार्ग अवरुद्ध छ ।


२०७७ साउन ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: