Sun. Nov 1st, 2020

युवा र राजनीति एक डिप्रेसन ?

जयकृष्णा श्रेष्ठ विक्रम

जोश,जाँगर,उत्साह,शक्ति,सामर्थ्य र आफ्नै बलबुता अनि कुशलता ले पहाड फोडेर मैदान बनाउन संभव आधी र तुफान जस्तै उमेर हो युवा उमेर आफ्नो सपना र उद्देश्यमा एकाग्र भएर,कटिबद्ध भएर अनुशाशीत र लगनशील भएर सफलताको शिखर चुम्ने उमेर पनि यहि हो। तर,यी सबै कुरा हरु का बाबजुद पनि जब देश को राजनिती र राजनैतिक नेतृत्व खाली एक फुटाउसराज गर अनि कमाउ वाला भाँडो बन्छ नि,तब यिनै सिर्जनशिल र प्रतिभाशाली उमेर पनि बिहान बेलुकी को छाक टार्न मै केन्द्रित हुँदै सकिन्छ । देश प्रती गर्व को महसुस हुनु को सट्टा उल्टै,बेक्कार किन जन्मिएछु यो देशमा ? कहिले छोड्न सक्छु यो देश?आदि इत्यादि सोच्दा सोच्दै निराशै निराशामा बिति जान्छ यो एक जुनि पनि ।
जहाँ सुकै होस,जहिले सुकैहोस देश को राजनैतिक अवस्था अनि राजनीतिका हर्ता कर्ता भनाउँदा हरुको आनि बानी नसुधरिए सम्म,चरित्र नसुधरिए सम्म त्यहाँ को विकास असम्भव प्राय छ अनि युवा हरुको समग्र व्यक्तित्व विकास त झनै परको कुरो युवा हरु मात्रै होइन,बाल बालिका,महिला अनि ज्येष्ठ नागरिक समेत ले यस्तो देश बाट सुधार अनि साथ र सहयोग आशा गर्नु झुठो आशा गर्नु हुन जान्छ देश र जनताको नाममा भाषण ठटाएर,सपनाको व्यापार गरेर,नानाथरीका तिकडम गरि गरि कथित चुनाव बाट निर्वाचित भएर फेरि देश र जनताको नाममा झुठो कसम खाएर सार्वजनिक पद धारण गरेर हिजो को लगानी को ब्याज र स्याज सहित उठाउने अनि जुका झै पदमै टाँसिई मात्रै रहने,अरुको खुन पसिना चुसिई मात्रै रहने हरु बाट समाज र राष्ट्रको सर्वाङ्गिण विकास को आशा र कल्पना गर्नु,सपना देख्नु,बस् निराशाको बीउ रोप्नु मात्रै हो। र अहिले युवा हरुमा पलाएको राजनैतिक निराशाको बीउ धेरै पहिले देखि रोपिदै आएको हो।अहिले त झन झन झ्याङ्गिदै झ्याङ्गिदै गएको मात्रै हो,अब झन यो बिस्तारै बिस्तारै फैलिने निश्चित छ,किनकी राजनिती र राजनिगतिज्ञहरु ले हरेक दिन मलजल गर्दै गर्दै नेपाल लाई निरशाको उर्वर भुमी बनाई सके ।
कला,विज्ञान,शिक्षा,साहित्य,चिकित्सा,इन्जिनियरिङ देखि एउटा सफल कृषक आदि इत्यादि सम्मको लागि देशले युवा जनशक्ति र उनी हरुको सिर्जनशिल मस्तिष्क लाई राजनैतिक कुशल व्यवस्थापन ले नै देश भित्रै रहि देशकै माटो र देशकै असिमित आकाश लाई विश्व सामु चिनाउन माध्यम बनिदिनु पर्छ । तर,आज हाम्रो देशको अवस्था ठिक विपरीत छन् युवा हरु निराशाको कुम्लो बोकि विदेशिएका विदेशिएकै छन । यसरी जब युवा जनशक्ति विदेशी भुमिमा जान्छ्न,नेपालि शासक लाई अपार आनन्द हुन्छ नेकन फाईदा हुन्छ्न एक ,रोजगारी सिर्जना गर्नै परेन,कलकारखाना उद्योग धन्दा खोल्न त झन हाईसन्चो भै हाल्यो दुई,गल्ती गर्दा औला उठाउने दवाव सिर्जना गर्ने जमात को कमि भयो तीन,आफु सङ्ग प्रतिस्पर्धा गर्न सक्ने युवा को कमि भयो चौथो,रेमिट्यान्स ले देशको अर्थतन्त्र धानिदिए पछु कुर्ची मा खुट्टा हल्लाई हल्लाई कनिकुथी जानेको अक्षरले कखरा चिनेको देखि कुखुरा किनेको बेचेको सम्म कि शीर्षक मा कर उठाएर भुँडी भित्र कोचे भै गयो । यस्ता, अप्रत्यक्ष फाईदा त कति छन छ्न,गनि साध्य छैन अनि देश र समाज को विकास को लागि बिनासित्ती को टाउको दुखाई रहोस ?
चाहे २००७ साल मा आएको प्रजातन्त्र देखि होस या २०४७ या २०६२ र ०६३ देखि कै होस,युवा हरुका लागि राजनिती केवल निराशा उत्पादन गरेर लाद्ने मेशिन मात्रै भएको छ कहिँ कतै आशाका किरण हरु देखिए पनि हुरिबतास आँधी हुरि चलेर बेपत्ता पारिदिन्छ्न पुराईदिन्छ्न कता हो कता हो अनि यस्तो मा हामी युवा हरु ले पनि आशा गर्नु बेकार छ र मलाई लाग्छ कोहि कसैले राजनैतिक परिवर्तन बाट देश र जनताको मुहार फेरिनेछ भन्ने कुरा को न त आशा गरेका छ्न न त विश्वाश नै बरु यो शब्द र विषय चै एउटा राम्रो मजाक को पाटो हुन सक्छ आम युवाहरुमा
तर,यी र यस्ता यावत पक्ष हरु हुँदा हुँदै पनि देश बदल्ने र विकास गर्ने एक अचुक माध्यम राजनिति नै हो। त्यसैले,हरेक युवा हरु ले राजनीति मा चासो र चिन्ता गरिरहनु पर्छ, निरन्तर खबरदारी गरिरहनु पर्छ,चाहे हामी विश्व्को जुनसुकै कुनामा नै किन नरहौँ राजनीति लाई फोहोरी खेल सम्झिएर सँधै हामिले घृणाको एउटा विषय बनायौँ भने त,कसरी राजनीति मा युवा सहभागिता वृद्धि हुन्छ ? कसरी हाम्रो सपनाको देश बन्छ ?संधै अरु लाई दोष दिएर मात्रै पन्छिन छुट छैन अबका होनहार युवाहरुलाई तपाईंले राजनीति नबुझ्नु र तपाईं राजनीतिमै नआउनु पनि देश विकास नहुनुको एउटा कारण हुनसक्तछ भने, दोष त तपाईंको पनि हुन आयो नि होइन र ? राजनीतीले हामिलाई सँधै किन चिन्ता र निराशामात्रै दिई रह्यो ? कतै देश र जनता को लागि उपयुक्त राजनेता त तपाईं पो हो कि?देशको माटो को चिन्ता छैन तपाईं लाई ? आउनुहोस,सकारात्मक सोचको विकास गरौ,र हरेक क्षेत्रमा अब्बल युवा हरुको खोजी गरि देशको मुहार बदलौ राजनितिलाई युवा हरुको डिप्रेसन होइन,युवा हरुको अप्रेसन बनाऔँ ।


२०७७ साउन १२ गते प्रकाशित

Loading...