Wed. Aug 12th, 2020

२ लाख ८ हजारभन्दा बढी मास्क नलगाई हिँड्ने नियन्त्रणमा

१५ साउन,काठमाडौ –

लकडाउन खुलेयता मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्ने २ लाख ८ हजार १ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये एक लाख ८२ हजार ३ सय ४६ जनालाई सम्झाइबुझाइ गरेर मात्र छाडिएको छ ।

त्यस्तै १६ हजार ५ सय ४३ जनालाई मास्क नै दिएर छोडिएको गृह मन्त्रालयल् जानकारी दिएको छ । त्यस्तै ९ हजार २ सय ६९ जनालाई संक्रामक रोग ऐन–२०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको छ ।

पक्राउ पर्नेमध्ये एक लाख ३० हजार ६ सय ४८ जना पुरुष र ७७ हजार ५ सय १० जना महिला रहेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रामक रोगसम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैयाँ जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
२०७७ साउन १५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: