Fri. Jul 19th, 2024

धादिङकी जेनिफरलाई जिताऔँ

zeni

धादिङ – जेनिफर तामाङ धादिङकी प्रतिभा हुन् । धादिङको माटोमा जन्मिएकी उनी अहिले मिस टिन एसएलसी मा सहभागी भइरहेकी छिन् । यसै पाली एसएलसी दिएर बसेकी जेनिफरले एसएलसी दिएर बाँकी रहेको समयलाई सदुपयोग गर्दै प्रतियोगीतामा भाग लिएकी हुन् ।

वि.स. २०५५ सालमा पिता सिंह बहादुर तामाङ र माता भुमस्या तामाङको कोखबाट धादिङको लापामा जन्मिएकी जेनिफर सानैदेखि अब्बल प्रतिभाकि धनी छिन् ।

उनीले स्कुलमा पढ्दा बेला देखि नै गीतसंगीत तथा नृत्यमा जादु चलाएकी थिइन् । स्कुलमा हुने हरेक प्रतियोगीताहरुमा उनको सहभागीता हुने गर्दथ्यो । उनी अहिले मिस टिन एसएलसीको प्रशिक्षणका क्रममा छिन् । देशभरका विभिन्न २५ जनाको सहभागीता रहेको छ । अहिले प्रशिक्षण्का क्रममा गीत, नृत्य, मेकअफ, चित्रकला लगायतका प्रतियोगीता भइरहेको छ । स्टार इन्टरटेन्ड्रमेण्ड प्राइभेट लिमिटेडको आयोजनामा हुने प्रतियोगीता आगामी असार १८ गते हुने आयोजकले जानकारी दिएको छ ।

धादिङको विकासमा संभावना बोकेकी जेनिफरलाई गरी जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गई एम टी एस टाइप गरी एक स्पेस छोडेर २५ टाइप गरी ४२४३ (MTS 25 send 4243) मा पठाउनु पर्ने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: