Wed. Sep 23rd, 2020

स्नातक तहमा खेलकुद व्यवस्थापन पढ्न पाइने

२५ साउन , पोखरा –


नेपालमै पहिलोपल्ट विश्वविद्यालयको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयमा अध्यापन हुने भएको छ । गण्डकी प्रदेशमा स्थापित गण्डकी विश्वविद्यालयले ‘ब्याचलर्स इन स्पोर्ट्स म्यानेजमेन्ट’ पाठ्यक्रम तयार गरेको हो ।

पाठ्यक्रम तयारी समितिले विश्वविद्यालयका कुलपति प्रा‍डा गणेशमान गुरुङलाई मस्यौदा बुझाइसकेको छ । चार वर्षमा आठ सेमेस्टरसहित ५२ वटा कोर्स रहने पाठ्यक्रमको मस्यौदामा उल्लेख छ ।

खेलकुद व्यवस्थापनको अध्यापनमा कुल १ सय ६२ घण्टा क्रेडिट आवर रहने प्रस्ताव गरिएको छ । समितिका संयोजक डा।प्रकाश प्रधानका अनुसार सैद्धान्तिकसँगै प्रयोगात्मक विषयमा अध्यापन हुने गरी पाठ्यक्रम तयार गरिएको छ । विभिन्न सेमेस्टरअन्तर्गत भलिबल, फुटबल, तेक्वान्दो, कराते, ह्यान्डबल, एथलेटिक्स, जिम्न्यास्टिक, बास्केटबल, क्रिकेट, स्विमिङ, परम्परागत खेल आर्चरी, छेलोलाई समावेश गरिएको छ । स्पोर्ट्स म्यानेजमेन्टमा मार्केटिङ, म्यानेजमेन्ट अफ लिजर रिक्रिएसन, स्पेक्टेटर म्यानेजमेन्ट, स्पोर्ट्स इकोनोमिक्स, फन्डिङ इन स्पोर्ट्स, स्पोर्ट्स टुरिजम, स्पोर्ट्स इन ग्लोबलाइजेसन, स्पोर्ट्स इन मिडिया, स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डस्ट्रिज, एथलेटिक्स केयर एन्ड रिह्याबिलिटेसन रहेका छन् ।

लिडरसिप इन स्पोर्ट्स, स्पोर्ट्स इन इभेन्ट म्यानेजमेन्ट, स्पोटरस ल एन्ड रिस्क म्यानेजमेन्ट, स्पोर्ट्स फेसिलिटी म्यानेजमेन्ट, इन्टरप्रेनरसिप इन स्पोटर््स, करियर डेभलपमेन्ट, सस्टेनेबल डेभलपमेन्ट, इथिक्स इन स्पोर्ट्स, वुमन एन्ड स्पिसियबल स्पोर्ट्स, गभर्मेन्ट इन स्पोर्ट्सलगायतका छुट्टाछुट्टै विषयमा अध्यापन हुनेछ । मूलधारको विषयअन्तर्गत अंग्रेजी, स्ट्राटिक्स, कम्प्युटर एप्लिकेसनका विषय समावेश छन् । योगा साइन्सको विषयलाई समेत समेटिएको छ । ‘यो निकै महँगो विषय भएकाले कार्यान्वयनमा सबैको ध्यान पुग्न आवश्यक छ,’ स्पोटर््स साइन्समा जर्मनीबाट पीएचडी गरेका डा। प्रधानले भने, ‘मस्यौदामा समावेश भएका विषय दक्षिण एसियाली मुलुकमा समेत पाउन मुस्किल पर्छ ।’

उनले पोखरामा खेलकुदको विषयमा अध्यापन हुनु गौरवको विषय भएको बताए । ‘पोखरा आफैंमा खेलकुदका लागि निकै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘जुन विषय हामीले तयार गरेका छौं, यो विश्व बजारमा बिक्ने विषय र अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरेका छौं ।’

यसअघि नेपालमा त्रिभुवन विश्वद्यिालयमा स्नातकोत्तर तहमा ऐच्छिक रूपमा स्पोटर््स साइन्स विषयको अध्यापन हुँदै आएको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ स्नातक तहमै यो विषय सुरु हुनु ऐतिहासिक रहेको बताए । पाठ्यक्रम मस्यौदा समितिका सदस्यसमेत रहेका उनले भने, ‘यो निकै नै खुसीको विषय हो । अब खेल क्षेत्रले ठूलो फड्को मार्छ ।’

२०७७ साउन २५ गते प्रकाशित

Loading...