Sun. Sep 8th, 2024

एसएलसी नतिजा असार ७ गतेभित्र प्रकाशन हुने

slc-exam

काठमाडौं – गत चैतमा लिएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता प्रकाशन गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।

५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीको उत्तरपुस्तिका देशभरिका ६४ परीक्षा केन्द्रबाट परीक्षण भई केन्द्रमा पुगिसकेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीको मार्क इन्ट्री गर्ने काम भइरहेको द्धारेले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष नतिजा प्रकाशनमा त्रुटि कम गर्न विद्यार्थीको विषय, जन्ममिति र प्राक्टिकल विषयको नम्बर इन्ट्री गर्दा विशेष ख्याल पु¥याएको बताउनुभयो । साधारण शिक्षाका परीक्षार्थीको नतिजा यस वर्ष नम्बर प्रणालीमै प्रकाशन हुने उहाँले जानकारी दिनुभयो ।

यस वर्ष पहिलोपटक प्राविधिक विषयतर्फका विद्यार्थी पनि एसएलसीमा सहभागी भएका छन्। प्राविधिक शिक्षा लागू भएका ९९ विद्यालयबाट ३ हजार २ सय ८८ जनाले परीक्षा दिएका छन्।

About The Author

अन्य समाचारहरु: