Thu. Mar 28th, 2024

नोभल कोरोना भाइरस र बिद्यार्थीमा पर्ने नकारात्मक प्रभाव

बर्षा पाठक –

नोभल कोरोना भाइरस, भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोना भाइरस चीनको उहानमा पहिलो पटक December 2019 मा पहिचान गरिएको थियो। यसलाई हाल कोभिड ( १९ भनेर नाम दिइएको छ। कोभिड – १९ एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई Sevier Acute Respiratory Syndrome र सामान्य प्रकारको रुघाखोकीसंग पनि सम्बन्धित मानिएको छ।

विश्व अहिले कोभिड – १९ को संत्राश र संक्रमणको भयले आक्रान्त अवस्थामा छ। संसारका सबै मानिसहरु यतिबेला घर भित्रकै दायरामा सिमित रहनु परेको छ। चीनको उहानबाट सुरु भएको यो भाइरस अहिले विश्वभर फैलीरहेको छ। हाल सम्म यस भाइरस का कारण आठ लाख भन्दा बढी मानिस हरुले ज्यान गुमाई सकेका छन् भने बिश्व भर लाखौ मानिस हरु संक्रमित छन्। कोभिड – १९ को अन्त्य अब कहिले र कसरि हुन्छ भन्ने कुरामा सबै अन्जान छन्। हुन त यस अघि विभिन्न कालखण्डमा विभिन्न मुलुकमा फैलिएको इबोला, सार्स, मर्स जस्ता महामारीको समस्यामा पनि सेल्फ क्वारेन्टिनको अभ्यास गरिएको थियो। तर नेपालीहरुको लागि भने लकडाउन, क्वारेन्टिन, होम आइसोलेसन जस्ता कुराहरु नयाँ हुन्।

पहिलो पटक भएकाले अलिअलि डर लग्नु, धेरै जिज्ञासु हुनु स्वभाबिक हो। तर, क्वारेन्टिन समय अबधि लम्बिदै जाँदा अब मनिसहरु निरास हुन थालिसकेका छन्। कतिलाई लकडाउन अझै कतिदिन हुने हो भनेर दिक्क लागिसक्यो। कोभिड – १९ ले हाम्रो दैनिक जीवनलाई अत्यन्तै परिवर्तन गरेको छ। धेरै मानिसहरु दिनदिनै अल्छि हुदै गैरहेका छन्। हामीले पहिले जसरि हाम्रो नियमित कार्य गर्न सकिरहेका छैनौ। कोरोना भाइरसले सबै लाई घरमा बन्द गरेको छ। यसले रोजगारीको हरेक क्षत्रलाई असर गरेको छ। विद्यार्थी, शिक्षक, कर्मचारी, मजदुरहरु र अधिकांश व्यवसायीलाई प्रभावित गरेको छ। पर्यटन, धार्मीक स्थान, फिल्म उध्द्योग, होटेल सेवा र खेलकुद यस भाइरसको कारण नराम्ररी प्रभावित भएका छन्।

तर, महामारीको संकटमा पनि रोजगारका केहि क्षत्र सक्रिय छन्। यदि किसानहरुले पर्याप्त तरकारी, फलफुल र बाली उब्जायनन भने हामीले पौस्टिक खाना खान पाउदैनौ । तसर्थ, कृषकहरु उत्पादानमा सक्रिय छन्। डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु जीवित देवताहरु हुन्। उनीहरु बिना, धेरै बिरामीहरुले ज्यान गुमाउन सक्छन्। प्रहरीले पनि बिरामीको हेरचाह गर्ने, लकडाउनलाई कडाईका साथ लागु गर्ने र संक्रमण बढ्न नदिन कोशिश गर्दै छन्। पत्रकारहरु कोरोनाका बारेमा समाचार अपडेट गर्न कडा मेहेनत गरिरहेका छन्।

एउटा मनको कुरा अर्को मनले बुझ्ने सहयोगी संजालको अभाव, समस्या आइपर्दा सामना गर्ने नकारात्मक सिपको प्रयोग र पूर्व अवस्था ग्रहण गर्ने क्षमताको अभावमा कुनै पनि व्यक्तिमा मनोसामाजिक समस्या उत्पन्न हुन्छ। तर म कुरा गर्न चाहन्छु, विद्यार्थीहरुमा परेको मनो प्रभावको ? व्यक्तिमा मन तथा समाज बिच निरन्तर तालमेलको अभावले उत्पन्न हुने भावनात्मक समस्यालाई मनोसामाजिक समस्या भनिन्छ। मनोसामाजिक समस्या भएपछि व्यक्तिको व्यबहार वा क्रियाकलाप सुचारु रुपले संचालन गर्न कठिन हुन्छ। यसले विद्यार्थीहरुमा नकारात्मक भावना, सोचाई, धारणा र व्यवहारमा परिवर्तन आउने गर्दछ। कोरोनाले हालको समयमा विद्यार्थीहरुको जीवनलाई सबै भन्दा बढी प्रभाव पारेको छ।

लकडाउन हुनु अघि विद्यार्थीहरु बिहान सबेरै उठ्थे, होमवर्क गर्थे, तयार हुन्थे र स्कुल जान्थे। अहिले उनीहरुले आफ्नो दिनचर्या बिर्सिसकेका छन्। स्कुलमा पढ्नुको सट्टा घरमा बसेर अल्छी भैसकेका छन्। केही काम नभएका जस्ता भैसकेका छन्। अचेल विद्यार्थीहरु गीत सुन्न, चलचित्र हेर्न र भिडिओ गेम खेल्न सक्रिय भएर समय बिताउछन उनीहरुको धेरै जसो समय टेलिभिजन र मोबाइल हेरेर बित्दैछ जुन स्वास्थ्यको लागि र बिशेष गरि आँखा को लागि हानिकारक छ। पढाईको नाममा अहिले अनलाईन कक्षा त संचालन भएको छ तर के यसरि सबै बिध्यार्थीहरुले अनलाईन शिक्षा ग्रहण गर्न पाएका छन् तरु अवश्य छैनन्।

केही बिध्यार्थीहरु ले त पढ्न पाएका छन् किनभने उनीहरु संग राम्रो मोबाइल फोन छ, राम्रो इन्टरनेटको सुबिधा छ तर ती गरिबीका चपेटामा परेका विद्यार्थीहरुको आवशयक्ता कसले पुरा गर्दिन्छ ? कसले बुझ्न सक्छ दुरदराजमा रहेका उनीहरुको मर्म ? के उनीहरुलाई चाहिँ पढ्न अवाश्यक छैन ? ती गरिब परिवारका पनि ठुला ठुला सपना होलान, इच्छा होलान तर ती सम्पूर्ण सपना र इच्छालाई दबाएर उनीहरु बाचिरहेका छन्। ती भित्र-भित्रै दबिएका इच्छा र सपनाहरु शिक्षाका माध्यमबाट परिपूर्ति गर्न जरुरि छ। लामो समय शिक्षालाय बन्द्ध हुँदा विद्यार्थीहरुको औपचारिक शिक्षा मात्र नभई सामाजिक र व्यवहारिक विकासको निम्ति आवश्यक अनौपचारिक सिकाई पनि अवरुद्ध हुन जान्छ। दिनभरी मजदुर गरेर बिहान बेलुका छाक टार्ने सर्बसाधारणलाई मानसिक बोझ धेरै छ।

घरै बस्दा दैनिक काम रोकियो, व्यापार ब्यबसाय घाटामा गयो, यत्रो घाटा अब कसरी बेहोर्ने भनेर तनाब लिने छुट्टै समूह ! अझ बिद्यार्थीको भबिष्य त के पो हुने हो ? अन्योलमा परिरहेका छन् सबै बिद्द्यार्थी भबिष्यको चिन्ताले दिनरात सताइरहेको छ। यस्तै तनावले चिटचिटहापन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्न नसक्ने वा उदास हुने जस्ता समस्या देखिन थालेका छन्। उनीहरुको दैनिक ब्यबहार पूर्ण व्यस्त रहने ब्यक्ति आफुलाई घरको चौघेरा को दायरामा सिमित राख्नुपर्दा विभिन्न प्रकारका भावनात्मक, व्यवहारिक, शारीरिक एवं मनोवैज्ञानिक असरहरु देखिन थालेका छन्। यी लाखौ बिद्यार्थी हरु को भबिस्य कता ? सरकार र सरोकारवाला हरुले यो बिषयमा तुरुन्तै बिशेष ध्यान दिन नसकेमा ठुलो संकट झेल्नु पर्ने देखिन्छ। यस्ता समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ र मनोसामाजिक सहयोग कसरी गर्न सकिन्छ भन्ने विषय आजको सवाल बनेको छ।


(साउथ वेस्टर्न स्टेट कलेज बसुन्धारा काठमाडौँ कक्षा १२ मा अध्ययनरत छात्रा हुन)

२०७ भदौ ९ गते प्रकाशित

About The Author

Loading...