Fri. Oct 30th, 2020

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


९ भदौ, धादिङ–


धादिङमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको छ । सातजना मध्ये चारजना पुरुष र तीन जना महिला छन् । संक्रमित देखिएकाहरु त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ६ जना र थाक्रे गाउँपालिकाका एक जना छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १४, २१, ५० र ५६ वर्षीय महिला र २१ र २५ वर्षीय पुरुष छन् भने थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

धादिङमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ । जसमा एक सय ५१ जना निको भइसकेका छन् भने बाँकी उपचाररत छन् । स्बाब परिक्षण गरि पठाएका नमुना मध्ये एक सय ५ वटाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ ।

२०७७ भदौ ९ गते प्रकाशित

Loading...