Fri. Mar 29th, 2024

कोरोना संक्रमणबाट चितवनमा दुई जनाको मृत्यु


१२ भदौ, धादिङ–


चितवनमा कोरोना संक्रमण (कोभिड १९) बाट थप दुई जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रा लिमा मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा भदौं ७ गते विहान चितवन मेडिकल कलेजको इमरजेन्सी विभागमा उपचारका लागि ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोभिड १९ बाट चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु हुने उनी पहिलो व्यक्ति हो ।

त्यस्तै भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत संक्रमितको पनि मृत्यु भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको अस्पतालका फिजिसियन तथा कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिए । डा.पाण्डेका अनुसार ती पुरुष लामो समय देखि फोक्सोको दमको बिरामी रहेको र अस्पतालमा भर्ना हुने समयमा पनि दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएको कारणले भेन्टिलेटरमा राखी उपचार गराइएको थियो ।

भदौ ५ गते बिहान श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरुषको भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०७७ भदौ १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: