Fri. Oct 30th, 2020

धादिङमा ४ वर्षिय बालकसहित १६ जनामा कोरोना संक्रमण पुष्टि


१२ भदौ, धादिङ–


धादिङमा शुक्रबार ४ वर्षिय बालकसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि हुनेहरु त्रिपुरासुन्दरी गाउँपालिकाका १० जना, थाक्रे गाउँपालिकाका ५ जना र नीलकण्ठ नगरपालिकाका एकजना छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४, २२, ३३, ३९ र ३३ वर्षीय पुरुषहरु र २६, २७, २२, १४, ३३ वर्षीय महिलाहरु गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै थाक्रे गाउँपालिका वडा नं २ का २६ २३ वर्षीय पुरुष, थाक्रे गाउँपालिका वडा नं ६ का २८, २६, २७ वर्षीय पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यस्तै नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिसा थापाले जानकारी दिइन् । योसँगै धादिङ जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय दुई पुगेको छ ।

२०७७ भदौ १२ गते प्रकाशित

Loading...