Fri. Oct 30th, 2020

धादिङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


१६ भदौ, धादिङ –


धादिङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङको रुविभ्याली गाउँपालिकाका वडा नं १ का २४ वर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का ३२ वर्षिय पुरुष, वडा नं ५ का २५ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का ३३ वर्षिय पुरुष र गल्छि गाउँपालिका वडा नं १ का ३५ वर्षिय पुरुष, सिद्धलेक गाउँपलिका वडा नं ३ का १८ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ३ का ३१ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका वडा नं २ का २६ ,२८ र ३४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय २७ पुगेको छ ।


२०७७ भदौ १६ गते प्रकाशित

Loading...