Fri. Apr 26th, 2024

धादिङको निषेधाज्ञा २३ गतेसम्म लम्वियो, विहान १० बजेदेखि २ बजेसम्म लचिलाे (विस्तृत निर्णय सहित)

१६ भाद्र, धादिङ-

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विगत ३ साता अघि देखी धादिङवेशी र आसपासका क्षेत्रमा लगाइएको निषेधाज्ञालाइ केही खुकुलो बनाउदै २३ गतेसम्म जिल्लाभर नै थपिएको छ ।

मंगलवार जिल्ला प्रशासन कार्यलय धादिङमा बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकले भाद्र १६ गते राती १२ बजेसम्म लगाइएको निषेधाज्ञालाइ एक साताको लागि जिल्लाभर नै थप गर्ने निर्णय गरेको हो । यो अवधिमा विहाना १० बजेदेखि २ बजेसम्म पुर्ण सुरक्षा मापदण्डका साथ बजार, वित्तिय सस्था र पसलहरु खुलाइने पनि निर्णय भएको छ ।

साथै नगरपालिकालाइ २५ बेड र गाउँपालिकाहरुलाइ २० देखि १५ बेडसम्मको आइसोलेशन बेडको ब्यवस्था गर्न पनि बैठकले निर्देशन दिएको छ ।

यस्ता छन् निर्णयहरु

निर्णय नं : १
कोभिड १९ को संक्रमण दर बढिरहेको र यस अवधिमा स्वास्थ्य कर्मीहरुलाई समेत संक्रमण भैरहेको, संक्रमण बृद्धि हुने उच्च जोखिम रहेको र उच्च सर्तकता अपनाउनु पर्ने अवस्था विद्यमान भएको सन्दर्भमा आम नागरिकहरुले झेल्नु परेको कठिनाई समेत ध्यानमा राखी मिति २०७७ भाद्र १६ गते मध्यरातसम्म रहेको निषेधाज्ञा अवधिलाई जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाई उद्योग धन्दा पसल लगायत निम्नानुसारका अन्य कार्यहरु गर्न सहजीकरण गर्नेगरी सम्पूर्ण जिल्लाभरि नै मिति २०७७ भाद्र २३ गते मध्यरातसम्म बढाउन अनुरोध गर्ने निर्णय गरियो । यस अवधिमा जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी निम्नानुसारका कार्यहरु गर्न सहजीकरण गर्ने
(क) यस जिल्ला भित्रका वैक तथा वित्तिय संस्थाहरुले कार्यालय सञ्चालन गर्दा स्वास्थ्य एवं सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड कडाइका साथ अवलम्बन गरी कार्यरत कर्मचारी संख्याको १/४ (एक चौथाई) वा बढिमा ४ जना कर्मचारीहरुबाट सेवाग्राहीको मागको आधारमा सेवा प्रवाह गर्ने र यस अवधिमा सेवा प्राप्त गरेका सेवाग्राहीहरुको र सेवा प्रदान गर्ने कर्मचारीहरुको विवरण (सफ्ट कपी) जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयमा उपलब्ध गराउने । साथै ७ दिन सम्म सेवा प्रदान गरिसकेका कर्मचारीहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउने र बाँकी कर्मचारीहरुलाई आलोपालो प्रणालीबाट सोही प्रकृया बमोजिम सेवा प्रवाह गर्ने निर्णय गरियो ।

(ख) व्यवसाय संचालन गर्ने सम्बन्धमा विहान १० बजेदेखि दिउसो २ बजेसम्म पसल उद्योग कलकारखाना लगायतका व्यवसाय सञ्चालन गर्न दिने। तर होटल तथा रेस्टुरेन्टको हकमा भने Take Away सेवा मात्र सञ्चालन गर्न दिने । साथै पसल तथा व्यवसाय सञ्चालन गर्दा विक्रेताले भौतिक दूरीको पालना साथै ग्लब्स, सेनिटाइजर र माक्स प्रयोग गर्ने तथा क्रेताले समेत अनिवार्य रुपमा माक्स लगाउनु पर्ने निर्णय गरियो । यसको सुनिश्चितता गर्न धादिङ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी धादिङ र टोल सुधार समितिहरुलाई आव्हान गर्ने निर्णय गरियो ।

(ग) विहान ४ बजेदेखि ७ बजेसम्म मुख्यतः स्वास्थ्य प्रबर्धनको समय (Helth Promotion Time) भएकाले उक्त समयलाई सहजिकरण गर्दै सो समयमा मर्निङ वाक, योगा, व्यायाम गर्दा समेत जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनिर्वाय रुपमा पालना गर्ने व्यवस्था मिलाउने । सो समयमा औषधि, फलफुल तथा तरकारी र दूध दही बिक्री वितरणको ‌पसल सञ्चालन बाहेक अन्य सवै क्रियाकलापमा रोक लगाउने । यो समयलाई स्वास्थ्य समय को रुपमा उपयोग गरिएता पनि स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सैलुन र व्युटिपार्लर भने बन्द गर्ने निर्णय गरियो ।

(घ) औषधि पसल, तरकारी पसल तथा दूध र फलफुल पसलहरु भने खुल्ला गर्ने निर्णय गरियो ।

(ङ) पृथ्वीराजमार्गमा अन्य जिल्लाको पास लिई चल्ने सवारी साधनहरुको हकमा भने राजमार्गमा भएका वस्ती, पसल तथा होटल नजिक रोकी बस्न तथा यस जिल्ला भित्रको कुनै पनि स्थानमा यात्रु चढाउने र ओराल्ने काम गर्न नदिने ।

निर्णय नं : २
यस जिल्लाका नगरपालिकाहरुले कम्तिमा २५/२५ वेड, पृथ्वीराजमार्गमा रहेका गाउपालिकाहरुले कम्तिमा २०/२० वेड र अन्य गाउँपालिकाहरुले कम्तिमा १५/१५ वेडको आइसोलेसन स्थापना गर्ने र आइसोलेसनको तेब्बर संख्यामा क्वारेन्टाइन स्थापना तथा सञ्चालन गर्न स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं : ३
यस पूर्व गरिएको विकास निर्माणका तपसिल बमोजिमका योजनाहरुको कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।
तपसिल :
(क) धादिङवेशी भरयाङ भुरुङ सडक स्तरोन्नती
(ख) धादिङवेशी बजार क्षेत्रको सडक स्तरोन्नती
(ग) थोपल खोला जलविद्युत आयोजनाको मर्मत संभार
(घ) गजुरी भदौरे वान्टिङ सडक
(ङ) राहत सामग्री ओसार पसार तथा अवरुद्ध भएका सडक खोल्ने कार्य
(च) बृद्धाआश्रम, विश्रामस्थल, खेलमैदान आदि निर्माण (धुनिवेसी)

निर्णय नं : ४
यस निषेधाज्ञाको अवज्ञा गर्ने जो कोहीलाई स्थानीय तहहरुले निर्णय गरेबमोजिम जरिवाना गर्ने गराउने निर्णय गरियो ।

२०७७ भाद्र १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: