Fri. Mar 29th, 2024

डिजिटल प्रविधि भित्राउदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र

डिजिटल एक्स रे, प्रयोगशालामा नयाँ उपकरण र खोप सुरक्षित राख्न फ्रिज जडान

१६ भाद्र धादिङ-

धादिङको गजुरी गाउँपालिकामा रहेको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ प्रविधिको एक्स रे मेसिन, प्रयोगशालामा हेमाटोलोजिकल एनालाइजर, र भ्याक्सिनका लागि चिस्यान मेसिन (फ्रिज) जडान गरिएको छ ।

स्वास्थ्य कार्यलय धादिङ, गाउँपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको पहलमा प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा डिजिटल उपकरणहरु जडान गरिएको हो ।प्रायजसो प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स रे सुविधा पाइदैन । सरकारले उक्त सेवा तोकेको पनि छैन तर यसअघि देखि आफ्नै पहलमा परम्परागत प्रविधिमा आधारित रहेर भएपनि एक्स रे सेवा दिँदै आएका गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा अव कम्प्युटर जडित नयाँ प्रविधिबाट (डिजिटल) एक्स रे सेवा दिन थालिएको हो ।

एक्स रे कक्षको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत

साथै प्रयोगशालामा हेमालोटोजिकल एनालाइजर जडान गरिएपछि एकैपटक विभिन्न रगतका विभिन्न परीक्षण गर्न सजिलो हुने भएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘एक्स रे मा नयाँ प्रविधि राखेपछि अव सेवा छिटो छरितो र गुणस्तरको हुन्छ, ल्यावमा पनि एकै पटक विभिन्न परीक्षणहरु गर्न सजिलो हुन्छ । सेवा दिनेलाइ पनि सजिलो र सेवा लिनेलाइ पनि भरपर्दो र छिटो हुने भएको छ ।’

डिजिटल प्रविधिको एक्स रे धुलाइ मेसिन

पृथ्वीराजमार्गको छेवैमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र राजमार्गको दुर्घटनाका घाइतेहरुको उपचार गर्ने ठाउँ पनि हो । राजमार्गमा यात्रा गर्ने देशैभरका मान्छेले सेवा लिने ठाउँमा भएकाले गुणस्तर बृद्धि गराउनको लागि अहिले नयाँ उपकरणहरु जडान गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । उनल भने, ‘यसलाइ हामीले अस्पतालको रुपमा विकास गर्नेबारे सोचेका छौँ, त्यही अनुरुप विस्तारै सेवा सुविधा र भौतिक पुर्वाधारहरु थप गर्दै लैजानेछौँ ।’ यस अघि गाउँपालिकाको पहलमा मचुरी फ्रिज (शवलाइ नसड्ने गरी राख्ने उपकरण) पनि जडान गरिएको थियो ।

प्रयोगशालामा जडान गरिएको हेमाटोलोजिकल एनालाइजर

गजुरी गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुबाट दिने खोप सेवाको लागि लगाउने बेलामा खोप लिनको लागि धादिङवेशीसम्म जानै पर्ने बाध्यता पनि हटेको गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरी रेग्मीले जानकारी दिए । उनले भने, ‘पहिले गल्छी या धादिङवेशीको स्वास्थ्य कार्यलयमा खोप लिन जानुपथ्र्यो । अव हामी यही भण्डारण गरेर राख्न सक्ने भएका छाँै, हाम्रो पालिका भरि यही सुरक्षित राखेर वितरण गर्ने ब्यवस्था मिलाएका छौँ ।’

पालिका अध्यक्षमा डिजिटल एक्स रे ले काम गर्ने तरिकाबारे जानकारी गराउँदै स्वाथ्य केन्द्र प्रमुख र
पालिकाका स्वास्थ्य संयोजक

स्वास्थ्य केन्द्रमा सवै उकरणहरु जडान गर्नको लागि आवश्यक पुर्वाधारहरु सहित करिव २५ लाख रुपैया बराबर खर्च भएको र टेण्डर गरिए अनुसारको मापदण्डमा नभएकाले प्रयोगशालामा थप एउटा सामान जडान गर्न बाँकी संयोजक रेग्मीले बताए ।

२०७७ भाद्र १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: