Wed. Sep 23rd, 2020

शान्तिश्री र बद्रीको आवाजमा ‘नौ एकाने नौ’ सार्वजनिक


१६ भदौ, धादिङ–

गायिका शान्तिश्री परियार र गायक बद्री श्रेष्ठको आवाजमा ‘नौ एकाने नौ’ गीतको भिडियो सार्वजनिक भएको छ । राजु केसीले शब्द रचना गरेको उक्त गीतमा कृष्ण केसीले संगीत भरेका छन् ।

त्यस्तै प्रियसी म्युजिकको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा मोडल नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी र सरोज खतिवडाले अभिनय गरेका छन् ।

शिव बिकले निर्देशन गरेको भिडियोलाई मुकेश हुमगाईंले छायांकन गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ । मायाप्रेमका प्रसंगलाई गीतमार्फत उठान गरेर भिडियो ल्याएको निर्माण पक्षले जनाएका छन् ।

२०७७ भदौ १६ गते प्रकाशित

Loading...