Wed. Sep 23rd, 2020

धादिङ सिद्धलेकका ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


१७ भदौ, धादिङ–


कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट धादिङका एक पुरुषको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका वडा नं ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए ।

मृगौलाको समस्या र निमोनियाका कारण दुई महिनादेखि पाटन अस्पतालमा उपचाररत थिए । बुधबार आएको रिपोटमा कोरोना पोजिटिभ देखिएको हो ।

धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटका एक जना पुरुषको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार ज्वालामुखी गाउँपालिका वडा नं २ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई सय २९ पुगेको छ ।

२०७७ भदौ १७ गते प्रकाशित

Loading...