Fri. Mar 29th, 2024

धादिङमा हत्या गरेपछि टाउको र खुर्पा बोकेर प्रहरीमा पुगेपछि…


१९ भदौ, धादिङ


धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका छन् ।

स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई विहिबार बेलुका खुर्पाले हानेर हत्या गरेका हुन् । सामान्य विवाद हुदाँ गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए ।

हत्या गरिएका युुवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । सामान्य विवाद हुदाँ खुर्पाले हानेर हत्या गरी राती १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले बताए ।घटनाको विस्तृत अनुसन्धानपछि मात्र खुल्ने उनले बताए ।

०७७ भदौ १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: